शुभश्री सिमेन्ट उत्पादन सुरु

मुख्य खबर

दाङ, २७ जेठ । शुभश्री अग्नी सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन सुरु गरेको छ । तीन वर्षदेखि निर्माणधिन अवस्थामा रहेको उद्योगले प्यूठान ब्राण्डको ओपिसी सिमेन्ट उत्पादन थालेको हो ।
डेढ वर्षदेखि सिमेन्ट क्लिङ्कर मात्रै उत्पादन गर्दै आएको उद्योगले यसै महिनादेखि सिमेन्ट उत्पादन थालेको उद्योगका म्यानेजर शिव अर्यालले जानकारी दिए ।
झण्डै पाँच अर्ब रुपैयाँको लगानीमा स्थापना भएको दाङ र अर्घाखाँचीको सीमाना पर्ने अर्घाखाँचीको सितगंगा नगरपालिका–८ चरिङ्गेमा रहेको उद्योगले पहिलो चरणमा चार सय मेट्रिक टन ओपिसी सिमेन्ट र ८ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गरेको छ ।
१ हजार २ सय मेट्रिक टन सिमेन्ट दैनिक उत्पादन गर्ने क्षमता भएको उद्योगमा पूर्णरुपमा क्षमता अनुसार उत्पादन थाल्न केही महिना लाग्ने र अहिले ४ सय मेट्रिक टन मात्रै उत्पादन गरिरहेको म्यानेजर अर्यालले जानकारी दिए । प्यूठान र दाङको चुनढुङ्गा प्रयोग गरेर उत्पादन गर्न थालिएको प्यूठान सिमेन्ट गुणस्तर र सुलभ भएको अर्यालले दाबी गरे ।
पहिलो चरणमा ओपिसी सिमेन्ट उत्पादन गरेको भए पनि पिपिसीलगायतको तीन प्रकारको सिमेन्ट उत्पादनको तयारी भएको बताए । प्रतिस्पर्धात्मक बजारमा कान्छो उद्योगको रुपमा आएको प्यूठान सिमेन्ट सर्वसुलभ मुल्यमा गुणस्तरीय उत्पादन रहेको उद्योगले बताएको छ ।
उच्च गुणस्तरयुक्त चुन ढुङ्गाको प्रयोगबाट सिमेन्ट उत्पादन गरिएको हँुदा प्यूठान सिमेन्ट उच्च गुणस्तरकै रहेको अर्यालले बताए । उद्योगले आफ्नो उत्पादनसँगै नयाँ र थप प्लान्टसमेत थप गर्न सुरु गरिसकेको छ ।
अहिलेको लगानीमा झण्डै ५ अर्ब लगानी थप गरेर १० अर्ब लगानी पु¥याई प्लान्ट विस्तार कार्य सुरु भएको म्यानेजर अर्यालले बताए । नेपाली लगानीकर्ताहरु सहभागी उद्योग शुभश्री अग्नी सिमेन्ट केही पुराना सिमेन्ट उद्योगका लगानीकर्ताको पनि लगानी रहेको छ । उद्योगमा नेपाली १४ जना लगानीकर्ताहरुले सहभागिता रहेको छ ।
पछिल्लो समय दाङ र आसपासमा क्षेत्रमा सिमेन्ट उद्योग स्थापना हुने क्रम बढिरहेको छ । दाङमा मात्रै तीनवटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । अन्य केही उद्योग सञ्चालन र निर्माणको तयारीमा छन् भने अर्घाआँचीको सितगंगा–कालाकाटे क्षेत्र र रोल्पामा पनि एक÷एकवटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् ।
सिमेन्टका लागि आवश्यक कच्चापदार्थ र आवश्यक क्षेत्रसमेत सहजरुपमा उपलब्ध हुन थालेपछि पछिल्लो समय यस क्षेत्रमा सिमेन्ट उद्योगहरु स्थापना हुने क्रम बढिरहेको छ । दाङमा सोनापुर सिमेन्ट, घोराही सिमेन्ट, सम्राट सिमेन्ट रोल्पामा रोल्पा सिमेन्टले उत्पादन गरिरहेका छन् । यो क्षेत्रमा सिमेन्ट उद्योगमा ५० अर्ब लगानी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *