शुभलक्ष्मीको साधारणसभा

मुख्य खबर समाज

घोराही, १७ कार्तिक । घोराही उपमहानगरपालिका–९ मकुनडाँडामा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको दशौ साधारणसभा एवं चौथो अधिवेशन भएको छ । संस्थाका अध्यक्ष गेहेन्द्र बस्नेतको अध्यक्षता एवं वडा अध्यक्ष मान बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा पत्रकार पद्मप्रसाद शर्मा र रेवतीप्रसाद बस्नेतको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।
संस्थाका सचिव शरद गौतमले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गुरूप्रसाद डाँगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए त्यस अवसरमा उत्कृष्ट बचतकर्ताका रूपमा किसन चौधरी तथा जेष्ठ नागरिकको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै तुलसा केसीलाई सम्मान गरिएको थियो ।
यसैबीच सहकारीले नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।
जसको अध्यक्षमा ताराबहादुर केसी, उपाध्यक्षमा शरद गौतम, सचिवमा गुरूप्रसाद डाँगी, कोषाध्यक्षमा खिम बहादुर केसी चयन भएका छन् । यसैगरी संस्थाको सदस्यमा रेखा केसी, डिल्लीबहादुर केसी, रामराज पोख्रेल, ठगेन्द्र डाँगी र सिताराम विक चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *