Friday, April 19, 2024
Homeफिचरशुद्ध पानीले हर्षित स्थानीय

शुद्ध पानीले हर्षित स्थानीय

- Advertisement -spot_img

तुलसीपुर, १९ कार्तिक । वर्षौदेखि फोहोर र दूषित पानी पिउँदै आएका उपभोक्ताहरू धारामा शुद्ध पानी आउन थालेपछि खुशी भएका छन् । घर–घरमा पिउनका लागि प्रशोधित पानी उपलब्ध हुन थालेपछि स्थानीय उपभोक्ताहरू खुशी भएका छन् ।
स्थानीय सरकारले आफूहरूका लागि शुद्ध पिउने पानीको व्यवस्था गरिदिएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का स्थानीय उपभोक्ताहरू खुशी भएका छन् । वर्षौदेखि खोला, ईनार तथा मुलको दूषित पानी पाउन बाध्य भएका उनीहरू अहिले प्रशोधित पानी पिउन थालेका छन् । स्थानीय सरकार र उपभोक्ताको संयुक्त लगानीमा अश्वारा खानेपानी ट्याङ्की निर्माण गरेपछि अहिले पिउने पानीको सहजता भएको हो ।
तुलसीपुर उपहानगरपालिकाको १५ लाख, जनश्रमदानमार्फत ३ लाख ५५ हजार ६ सय १० रूपैयाँ र मायालु सामुदायिक वन उपभोक्ता समूहको ३० हजार गरी जम्मा १८ लाख ८५ हजार ६ सय १० रूपैयाँमा निर्माण गरिएको उक्त ट्याङ्कीमा ६५ हजार लिटर सम्म पानी संकलन गर्न सकिने वडा नं ८ का वडा अध्यक्ष वेदबहादुर केसीले जानकारी दिए ।
उक्त पानी ट्याङ्कीमार्फत अहिले मायालु टोल, अश्वारा डबरा टोल, जागरण र बुटनियाका करिब दुई सय घरधुरीलाई सहजरूपमा पिउने पानीको व्यवस्थापन गर्न सकिएको केसीले बताए ।
‘स्थानीय सरकार आएपछि हामीले विशेषगरी पिउने पानीसँगै पूर्वाधारको विकासमा जोड दिँदै आएका छौँ’ उनले भने– ‘शुद्ध पिउने पानी नै आम उपभोक्ताको पहिलो आवश्यकता भएकाले ट्याङ्की निर्माण गरिएको हो । ’
आफूहरूले खुल्ला स्थानको पानी पिउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने समस्या अहिले समाधान भएको स्थानीयबासी लक्ष्मी केसीको भनाइ छ । विगतका दिनहरूमा फोहर दूषित पानी पिउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि खानेपानीको वैकल्पिक उपाय नहुँदा वर्षौसम्म खोला, नालाको पानी पिउनुपर्ने वाध्यता रहेको केसीले बताईन् ।
विशेषगरी वर्षायामको समयमा सफा पानीको अभावमा टाढासम्म पानी खोज्न जानुपर्ने, दूषित पानी पिउँदा विभिन्न रोगको संक्रमणमा परिनेलगायतका समस्याहरू अहिले सामाधान भएको उनले बताईन् । स्थानीय सरकारले जनताको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै यसरी नै पूर्वाधारलाई व्यवस्थित बनाउँदै जानुपर्ने उनी बताउँछिन् ।
आर्थिक वर्ष २०७५/०७६ को विनियोजित रकमबाट निर्माण गरिएको पानी ट्याङ्कीमार्फत धारामा शुद्ध पानी आउन थालेपछि स्थानीयहरूको प्रुमख समस्या समाधान भएको अश्वारा खानेपानी उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद जैसीले बताए ।
उपभोक्ता समिति निर्माण गरी अश्वारा डबरामा पानी ट्याङ्की निर्माण भएसँगै अहिले वडाका करिब दुई सय घरमा पानी आएपछि अहिले उक्त क्षेत्रका स्थानीयबासीहरूमा पानीको सहजता भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here