Saturday, April 20, 2024
Homeसमाजशिशुको हेरचाहमा आमाबुवाको समान दायित्व

शिशुको हेरचाहमा आमाबुवाको समान दायित्व

- Advertisement -spot_img

घोराही,५ चैत । शिशुको पालनपोषणमा आमा र बुवा दुबैको समान दायित्व भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । शिशुको पोषण सुरक्षामा पुरुष तथा महिलाको लैंगीक समावेशीकरण गर्न सुआहाराले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
समाजमा महिलाले मात्रै शिशुको हेरचाह गर्नुपर्छ भन्ने परम्परागत मान्यताका कारण शिशुको हेरचाहमा पुरुषको भूमिका कम देखिने गरेको भन्दै सहभागीहरुले अब बालबालिकालाई सुपोषित बनाउन पुरुषको दायित्व पनि बढाउनुपर्नेमा जोड दिएका छन् ।
सुआहाराले बालबालिकाको पोषण अवस्थालाई सुधार गर्नका लागि सोमबारदेखि लैंगीक सहभागिता बढाउन कोरप्लसका वडाका अभियानकर्तालाई तीनदिने तालिमको आयोजना गरेको छ ।
दाङमा अझै पनि करिब चार प्रतिशत बालबालिका कुपोषित रहेको भन्दै बालबालिकाको पोषण सुरक्षाका लागि पुरुषको पनि दायित्व बढाउन तालिमको आयोजना गरिएको सुआहाराका मातृशिशु तथा जेशी अधिकृत आनन्द कर्णले जानकारी दिए ।
गर्भावस्थादेखि २ वर्षसम्मको सुनौला हजार दिनमा बालबालिकाको पोषणमा विशेष ध्यान दिनसके करिब ८० प्रतिशत बृद्धि विकास हुने भन्दै उनले पोषणका लागि महिलासँगै पुरुषको दायित्व रहेको बताए । तालिमको प्रशिक्षकमा जेसि सल्लाहकार बिन्दु पोखरेल गौतम रहेकी छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here