- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरशिव सेनाद्वारा गौ हत्याको विरोध

शिव सेनाद्वारा गौ हत्याको विरोध

- Advertisement -spot_img

तुलसीपुर, १६ भदौ ।
नेपालगंजबाट दैलेख लैजान लागिएका गाईलाई सुर्खेतको कटकुवा जंगलमा २६ वटा गाई मृत अवस्थामा भेटिएको प्रति शिव सेना नेपालले दुःख व्यक्त गरेको छ । शिव सेना नेपालका अध्यक्ष दामोदर सुवेदीले आइतबार विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्न दोषीलाई कारवाहीको माग समेत गरेका छन् ।
‘नेपालको राष्ट्रिय जनावर गाईको हत्या हुनु हिन्दू आस्थामाथि ठाडो प्रहार हो, घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा तत्काल ल्याइयोस्’ विज्ञप्तिमा भनिएको छ । घटनाप्रति शिव सेना नेपाल दाङले पनि दुःख व्यक्त गरेको छ । शिव सेना नेपाल दाङका अध्यक्ष दामोदर सुवेदी, वरिष्ठ उपाध्यक्ष प्रमोद अधिकारी, केन्द्रीय सदस्य मधुर डिसीलगायतले सुर्खेतमा भएको गौ हत्याको सत्यतथ्य छानबिनको माग गरेका छन् ।
नेपालगंजबाट सुनियोजित रुपमा गाईलाई लगेर हत्या गरिनु कानुनी अपराध भएको भन्दै दोषीमाथि निष्पक्ष छानबिनको समेत माग गरिएको छ । राष्ट्रहितको पक्षमा उभिदै समाजलाई धर्म, संस्कृतिमा जागरुकता बनाउँदै आएको शिव सेना नेपालले विभिन्न समयमा गाई हत्याका घटना हुने गरेपनि सम्बन्धित निकाय गम्भीर नभएको भन्दै गम्भीर भएर लाग्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here