- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजशितलपुर महायज्ञमा ३६ लाख संकलन

शितलपुर महायज्ञमा ३६ लाख संकलन

- Advertisement -spot_img

सितलपुर (दाङ), ६ फागुन । तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुर दाङमा जारी रहेको शिव महापुराणको सातौ दिनसम्म ३६ लाखभन्दा बढी दान रकम संकलन भएको । पञ्चमुखे शिव मन्दिर र अग्लेश्वर महादेवको मन्दिर निर्माणार्थ सञ्चालन भैरहेको शिव पुराणको आइतबारमात्रै तीन लाख ९९ हजार ३८ रुपैयाँ नगद दान संकलन भएको पुराण मुल आयोजक समितिका कोषाध्यक्ष हरिहर पौडेलले जानकारी दिए ।
पुराणमा आइतबार तुलसीपुर ११ उरहरीका भूपबहादुर रावत, डिल्लीबहादुर रावत, भरत रावत, मानबहादुर रावतको परिवारले ५१ हजार १ सय ११ रुपैयाँ, तुलसीपुर–१२ का धनिराम भण्डारी, रामबहादुर भण्डारी, देवबहादुर भण्डारी, तिलक भण्डारीको परिवारले ४२ हजार पाँच सय पाँच रुपैयाँ, दंगीशरण–२ बंगलापुर हाल तुलसीपुर– १३ बखरियाका बुवा रणविर कुसारी, आमा मोती कुसारी छोरा देवीराम कुसारी र टिकाबहादुर कुसारीले ३५ हजार ३ सय ३३ रुपैयाँ दान गरेका छन् । त्यसैगरी पुराणमा तुलसीपुर–५ का जनार्दन शर्माले ३१ हजार एक सय ५५ रुपैयाँ, तुलसीपुर ११ का ईश्वरी पुनले २३ हजार ५ सय नगद दान गरेको आयोजक समितिले जानकारी दिएको छ । सितलपुर शिव महापुराण मुल आयोजक समितिका संयोजक शक्ति कुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा भएको विशेष कार्यक्रममा अन्य दाताले पनि सहयोग गरेका थिए । महापुराणमा ग्रहजप, विवाह, व्रतबन्ध, लक्ष्यवर्तिका, सत्यनारायण कथा, तुलादान आदि धर्मिक अनुष्ठान गरिने व्यवस्था मिलाएको समितिले जानकारी दिएको छ । महापुरणमा मुख्य वाचकका रुपमा कोमल उपाध्याय र सहवाचकमा दुर्गाप्रसाद भुसालले गरिरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here