Tuesday, March 26, 2024
Homeसम्पादकीयशिक्षा सुधारमा चासो

शिक्षा सुधारमा चासो

- Advertisement -spot_img

सामुदायिक शिक्षा सुधारमा स्थानीय तहहरुले अहिले चासो दिन थालेका छन् । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्कदै गएको र विद्यार्थीहरु अभिभावकको आकर्षण पनि कम हुँदै जान थालेपछि शिक्षा सुधारका लागि स्थानीय तहहरुले विशेष चासो देखाउनुले शिक्षामा सुधार आउने अपेक्षा गर्न सकिन्छ । इलेक्ट्रोनिक हाजिरीदेखि मन्टेश्वरी कक्षा सञ्चालन, स्वयम्सेवक शिक्षकको व्यवस्था र स्थानीय तहहरुले विद्यालय मर्ज गरेर राम्रो विद्यालय बनाउने अभियान र वडा अध्यक्षलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउनेसम्मको काम भएको छ । जिल्लामा रहेका दश स्थानीयतहहरु मध्ये केहिले सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि विभिन्न योजना सार्वजनिक गर्दै कार्यान्वयनमा लगिसकेका छन् । भने केहिले सुधारमा चासो दिदै छन् । शिक्षामा स्थानीय तहहरुले केही विकृतिसमेत निम्त्याएका उदाहरण पनि छन् । स्थानीय तहहरुले विद्यालय शिक्षामा नयाँ नीति ल्याउँदै नीतिलाई कार्यान्वयनको चरणमा समेत देखिन्छन् । दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका, शान्तिनगर गाउँपालिकाले शिक्षकलाई नियमित गर्न र सामुदायिक शिक्षाको सुधारको लागि भनेर इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गरेको छ । शान्तिनगरले गाउँपालिकाभित्रका विद्यालयहरुमा मन्टेश्वरीको अवधारणा ल्याएर सामुदायिक विद्यालयमा आधुनिक मन्टेश्वरी कक्षा सुरु गरेको छ । विद्यालयको सुधारको लागि वडा अध्यक्षहरुलाई विद्यालयको ब्यवस्थापनको जिम्मा दिएको छ । त्यसै गरेर बंगालाचुलीले पनि यस्तै नीति बनाएको छ । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न केही विद्यालयहरुमा विषयगत स्वयम्सेवक शिक्षकको व्यवस्था गरेको छ । विषयगत शिक्षकको अभावमा गुणस्तरियतासमेत खस्केको भन्दै उपमहानगरले शिक्षकको व्यवस्था गरेर सुधारको प्रयास गर्नु राम्रो मानिएको छ । शिक्षाको सुधारको लागि राज्यस्तरबाट नयाँ अभ्यान र नीति हुँदै आएको छ । अहिलेसम्म सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि धेरै प्रयासहरु भएका छन् । यति हुँदा पनि शिक्षामा खासै परिवर्तन आएको देखिदैन । योजनाका लागि लगानी हुने त्यसको उपलब्धि नआउनुले स्थानीय तहहरुले गर्ने प्रयासमा पनि केही शंका हुनु स्वभाविक हुनसक्छ । नीति ल्याउने त्यसलाई दीर्घकालिन बनाउन नसक्दा परिवर्तनका लागि आउने धेरै प्रयासहरु सफल हुँदैन । त्यसकारण नीति र योजनालाई सफल बनाउन सबै सधै लाग्न जरुरी छ । शिक्षा सबैभन्दा महत्वपूर्ण पक्ष हो यसको सुधारमा सबैको चासो हुनु जरुरी पनि छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here