शिक्षाको कमजोरी सुधार

सम्पादकीय

तुलसीपुर उपमहानगरपालिकाले शिक्षामा नयाँ प्रयास गर्ने भन्दै एउटा विश्वब्यापी सर्वे गरेर नतिजासमेत सार्वजनिक गरेको छ । सार्वजनिक शिक्षा सुधार गर्ने र त्यही अनुसार नगरस्तरीय योजना बनाउने उद्देश्यले विद्यालयमा पहिलो पटक प्रत्येक विद्यार्थीहरूमा असर सर्वे गरिएको थियो ।
सर्वेले वास्तविक शिक्षाको अवस्था, अभिभावक, विद्यालय, शिक्षक र विद्यार्थीको पारिवारिक अवस्थाको बारेमा अध्ययन गरेर अवस्था सार्वजनिकसमेत गरे पनि यहाँको शिक्षाको सिकाइ उपलब्धि कमजोर मात्रै हैन नाजुक देखाइदिएको छ ।
नगरले नेपालमै पहिलो पटक थालेको यो अभ्यास महत्वपूर्ण नै । सर्वेमात्रै महत्वपूर्ण भएको भन्दा पनि यसले ल्याएको नतिजालाई नगरले गम्भीर रूपमा हेर्न सक्नुपर्छ । वार्षिक रूपमा गर्ने गरी थालिएको यो सर्वेले नगरका विद्यालयको शैक्षिकस्तरमा समेत सुधार गर्ने अपेक्षा लिइएको छ । आएको अवस्थालाई कसरी सुधार गर्ने र शिक्षाको उपलब्धि कसरी बढाउने ? भन्ने योजना पनि नगरले सँगै लैजान सक्नुपर्छ ।
सार्वजनिक शिक्षामा शैक्षिक गुणस्तरको अवस्था कमजोर भइरहेको अवस्थामै नयाँ तथ्याङ्कले पनि त्यही पुष्टि गरेर तथ्याङ्क ल्याएको छ । यसले पनि सार्वजनिक शिक्षा सुधारको आवश्यकता औल्याइ दिएको छ ।
कमजोर सिकाइ अवस्थालाई सुधार गर्न नयाँ योजनासमेत नगरले ल्याउन सक्नुपर्छ । तथ्याङ्कलाई पनि यथार्थता बुझ्ने र भावीयोजना कर्मलाई आधार बनाउन सक्नुपर्छ । शिक्षामा देखिएको वास्तविकता र यथार्थतालाई नगरले योजनाको रूपमा विकास गर्ने उपयुक्त हुन्छ । विभिन्न प्रयोजन, उद्देश्यले धेरै नै सर्वे हुने गर्दछन् ।
शिक्षामा हुने सर्वे पनि नमुनाको रूपमा गरिदै आइएको छ । एकसय जना विद्यार्थी भएका १० जनामा नमुना सर्वे गरेर सयजनाकै अवस्था आँकलन गर्ने गरि राखिएकै देखिन्छ । तर प्रत्येक विद्यार्थी र व्यक्तिको अवस्था बुझ्न सबैको सर्वे अपरिहार्य हुन्छ । त्यसलाई अध्ययन गरेर नगरमा सार्वजनिक भएको तथ्याङ्कले वास्तविकताको पनि पुष्टी गर्छ ।
विश्वमा सफल भएको सर्वे ‘वार्षिक शैक्षिक अवस्था सर्वे’ नाम दिएर गरिएको सर्वेले ११ प्रतिशत विद्यार्थीले मात्रै सिकाइमा राम्रो गरेको देखिनुले शैक्षिक अवस्था धेरै कमजोर भएको प्रष्ट पार्दछ ।
कक्षा १ देखि ८ सम्मका प्रत्येक विद्यार्थीको पूर्ण अवस्थाको सिकाइ लगायतका विषयको वास्तविक अवस्थाका बारे सर्वेले यथार्थता ल्याएको छ । विश्वमा मान्यता प्राप्त ‘असर टेष्ट’पछिको नतिजाले नगरको शिक्षाको गुणस्तर बढाउन सक्नुपर्छ ।
एक सय ३९ विद्यालयका २८ हजार विद्यार्थीहरूमा गरेको सर्वेले शिक्षामा लगानीसमेत कम भएको देखाइरहदा स्थानीय सरकार गुणस्तरका लागि लगानी बढाउन क्रियाशील हुनुपर्ने अवस्था देखाइदिएको छ । शिक्षामा भएको ३ प्रतिशत लगानीलाई कम्तिमा २० प्रतिशत पु¥याउनसकेमा शिक्षाको विकासमा समेत सहज हुने र कमजोर उपलब्धिलाई बढाउन पनि सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *