शिक्षक संगठनद्वारा स्वागत तथा प्रशिक्षण

फिचर मुख्य खबर

तुलसीपुर, २८ भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठनको स्वागत, बिदाई तथा प्रशिक्षण कार्यक्रम तुलसीपुरमा भएको छ । तुलसीपुर नगर समितिको आयोजना तथा जिल्ला समितिको ब्यवस्थापनमा कार्यक्रम भएको हो । नगर समितिका अध्यक्ष पदम बहादुर वलीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सचिव भागवत पौडेलको प्रमुख आतिथ्यमाा कार्यक्रम भएको थियो ।
उक्त अवसरमा बोल्ने बक्ताहरुले गुणस्तरीय शिक्षासँगै संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए । विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने हुँदा सबै शिक्षक जिम्मेवार हुनुपर्ने उनीहरुले बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत मावि सेन्टरका प्रधानाध्यापक तथा प्रदेश नम्बर ५ का सचिव भागवत पौडेललाई सम्मान गरिएको थियो भने लामो समयसम्म सेवा गरी गोल्डेन ह्यान्डसेकमार्फत सेवा निवृत्त शिक्षकहरुलाई बिदाई गरिएको थियो ।
यस्तै, तुलसीपुरका विद्यालयमा सरुवा भई आएका अन्य संगठन परित्याग गरी शिक्षक संगठनमा आएका तथा नवनियुक्त शिक्षकहरु प्रेम बहादुर वली, लक्ष्मीराज गिरी, विमला डाँगी,
मान बहादुर वली, विश्वराज रिजाल, मान बहादुर बुढा, कालिका चन्दलगायतका शिक्षकहरुलाई स्वागत गरिएको थियो । उक्त अवसरमा शिक्षक संगठनले आगामी दिनमा गर्ने काम, संगठन निर्माणमा खेल्नुपर्नेमा भूमिका र शैक्षिक सुधारका लागि खेल्ने भूमिकाका बारेमा प्रशिक्षण दिईएको थियो ।
नगर समितिका सदस्य तथा जिल्ला समिति तुलसीपुरका प्रतिनिधि निर्मल कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेत, उपाध्यक्ष श्यामा रावत, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, प्रदेश सहसचिव अम्बिका रावत, पेशागत महासंघकी रमा आचार्य, जिल्ला सचिव मिनराज शर्मा, राष्ट्रिय पार्षद प्रेम वली लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नगर समितिका सचिव होमराज डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *