शिक्षक कर्मचारी सम्मान

मुख्य खबर

घोराही, ३० असार । घोराही उपमहानगरपालिकाले २४ जना शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ । उपहामनगरले नगरभित्रका सरकारी र निजी विद्यालयबाट छनोट गरि २२ जना शिक्षक र २ जना कर्मचारीलाई सम्मान गरेको हो ।
घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले प्रावि, निमावि र मावितर्फका २२ जना शिक्षकलाई जनही २ हजार नगद पुरस्कारसहित सम्मान पत्रले सम्मान गरेको हो ।
सम्मानित हुनेमा मावितर्फबाट सिद्धरत्ननाथ मावि नारायणपुरका भूपबहादुर रावत, मावि रझेनाका लालमणि आचार्य, बराहक्षेत्र मावि सेवार वनगाउँका बाल्मी केसी, मावि डाँडागाउँ गोग्लीका कुलराज घिमिरे, पद्मोदय पब्लिक नमूना माविका लोकबहादुर बस्नेत,
शुभप्रभात माविका रुद्र बुढा, विद्यानिलकण्ठ बोर्डिङ स्कुलका शरदकुमार शर्मा, पद्मोदय पब्लिक नमूना माविका गोपाल गौतम, महेन्द्र मावि धर्नाबाट टुककुमारी रावत, माउन्ट भ्यू बोडिङ स्कुलका हरिशचन्द्र विष्ट, नरदेवी मावि तेघराबाट हेमन्त पोख्रेल, मावि झिगंनीका कृष्णप्रसाद अधिकारी, गोरक्ष रत्ननाथ माविका विजय अधिकारी रहेका छन् ।
त्यस्तै बालविकास माविका राजेन्द्रकुमार श्रेष्ठ, मावि सैघाका केशवराज विष्ट, प्रावि पक्वैका सिताराम चौधरी, मावि सौडियारका दामोदर पाण्डेय, मावि काठेकोहल सावित्री श्रेष्ठ, आधारभूत विद्यालय सवारीकोटका विरबल नेपाली, मावि जजरागाउँका खड्ग वली, प्रावि बालमन्दिरका विष्णु भण्डारी सम्मानित भएका छन् ।
त्यस्तै कर्मचारीतर्फ मावि चौघेराका गोविन्द घर्ती, प्रावि मसिनाका गौरी अर्याल र सिर्जनशील बहुआयमिक विद्यालयका कालु चौधरी सम्मानित भएका छन् ।
सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षता एवं घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षकहरुले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको मूल्याकंन राज्यले गर्दा सबैलाई फाइदा हुने बताएका थिए ।
कार्यक्रममा नगर प्रमुख चौधरीले थप जिम्मेवार र कर्तव्यनिष्ठ ढंगले नगरको शिक्षालाई नमूना बनाउने गरी काम गर्न आग्रह गरे । शिक्षण पेशालाई थप जिम्मेवार र उपमहानगरलाई शैक्षिक वातावरण निर्माण गर्ने गरी काम गरेर देखाउन यो अभियानको थालनी गरिएको बताए ।
सामुदायिक र संस्थागत विद्यालयबीचको विभेद निरुपण गर्दै उपमहानगरले समान ढंगले अघि बढेको बताउँदै नगर प्रमुख चौधरीले व्यवहारिक र व्यवसायिक शिक्षा अनुरुप शिक्षण सिकाइको वातावरण बनाउन पनि सम्मानित शिक्षकहरुलाई सुझाव दिए ।
यस्तै, उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानेले सम्मानित शिक्षकहरुमा अझ कर्तव्यसँगै जिम्मेवारी थपिएकाले त्यसलाई घनिभूत रुपमा काम गरी नतिजामा देखिने गरी काम गरेर देखाउन आग्रह गरिन् ।
त्यसैगरी शिक्षा विकास समन्वय इकाई प्रमुख रामलाल खड्काले दक्षता र क्षमताको मापन अनुरुप सम्मानित भएका शिक्षकले आफू सम्मानित भएजस्तै विद्यार्थीहरुमा पनि पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापले क्षमतावान बनाएर पढाउनु पर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुमणि दाहाल, शिक्षा महाशाखाका प्रमुख विनोद गौतम, शिक्षक महासंघ घोराही नगर अध्यक्ष निशान्त आचार्य, शिक्षकका तर्फबाट बराहक्षेत्र मावि सेवार वनगाउँकी प्रधानाध्यापक बाल्मी केसी, सिद्धरत्ननाथ नमुना मावि नारायणपुरका निमित्त प्रधानाध्यापक भूपबहादुर रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, संस्थागत विद्यालयको तर्फबाट विद्यानिलकण्ठ बोर्डिङ स्कूलका प्रिन्सिपल शरदकुमार शर्मा बोलेका थिए । शिक्षा महाशाखा शाखा अधिकृत नारायण पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण नायब सुब्बा विपना बर्तौलाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *