- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरशारदा नगरपालिकामा सुझाव संकलन

शारदा नगरपालिकामा सुझाव संकलन

- Advertisement -spot_img

सल्यान, १६ जेठ ।
शारदा नगरपालिकाले सल्यान जिल्लामै पहिलो पटक बृहत् सुझाव संकलन कार्यक्रमको आयोजना गरेको छ । आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, भौतिक पूर्वाधार, उद्योग र मानव संसाधन क्षेत्रमा नगरलाई कसरी समुन्नत गराउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन गरिएको हो  ।
सर्वपक्षीय भेलामा जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्स, शिक्षक महासंघ, जिल्लाका विभिन्न पत्रकारहरुको सहभागिता रहेको थियो । सुझाव संकलन कार्यक्रमलाई पूर्व राज्यमन्त्री राजेन्द्र शाह, पूर्वमन्त्री एवं संघीय सांसद् टेकबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश सभासद गुलाव जंग शाह, पूर्व सभासद नेत्रलाल श्रेष्ठ, पूर्व जिविस सभापतिहरु धु्रव पुरी र उदय बोहरा लगायतले सफलतासहितको सन्देश पठाएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शारदा नगरपालिकाले एक वर्षमा गरेका पूर्वाधार निर्माणका कामहरु सन्तोषजनक रहेको भन्दै अब तिनको स्तरीकरणमा जोड दिनुपर्ने बताएका छन् । नगरको विकासका लागि दीर्घकालिन योजना आवश्यक रहेको भन्दै उनीहरुले पूर्वाधार विकास, उत्पादन वृद्र्धि, सामाजिक न्याय, वातावरणीय सन्तुलन र अनुगमनको पाटोमा काम गर्न नगरलाई सुझाव दिएका थिए । शारदा नगरपालिकालाई हिल सिटीको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको भन्दै उनीहरुले त्यसका लागि वहुवर्षिय योजनाको खाका तयार गर्नुपर्ने धारणा राखेका थिए ।
नगरको वृहत्तर विकासका लागि पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको पहिचान, खेतीको विशिष्टिकरण, पशुपालनका लागि पकेट क्षेत्रको निर्माण, किसानहरुसम्म नगरको सिधा सम्बन्ध, खानेपानीको सुलभ प्रवन्ध, शिक्षाको स्तोरीकरण, सुलभ स्वास्थ्य र गुणस्तरीय सडकको विस्तारमा लाग्न उनीहरुले सल्लाह दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारिले आफूले मतदातासँग गरेका वाचाहरु पूरा गर्न दत्तचित्त रहेको भन्दै सबैको सहयोग लिएर अघि बढ्ने कुरामा शंका नगर्न सबैसँग अनुरोधसमेत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here