- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरशान्ति, समृद्धिमा काँग्रेसको भूमिका महत्वपूर्ण

शान्ति, समृद्धिमा काँग्रेसको भूमिका महत्वपूर्ण

- Advertisement -spot_img

तुलसीपुर, १० बैशाख । शान्ति समृद्धि र विकासका लागि काँग्रेसको भूमिका महङ्खवपूर्ण रहेको सहभागीहरुले बताएका छन् । जिपी कोइराला फाउण्डेशन तुलसीपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले आन्तरिक कलहका कारण काँग्रेसले पराजय भोग्दा अहिले देशको यस्तो अवस्था आएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा फाउण्डेशन प्रदेश नम्बर ५ का सदस्य केशव आचार्यले काँग्रेसलाई बलियो बनाउन सबै एक हुनुपर्ने बताए । आचार्यले गिरिजाप्रसाद कोइरालाको त्यागका कारण देशमा परिवर्तन आएको बताए ।
उनले टपटावरका नेता स्वर्गीय कोइरालाको नाममा खोलिएको फाउण्डेशनले आर्थिक सामाजिक क्षेत्रमा काम गर्ने भन्दै फाउण्डेशनका कार्यहरुलाई जनस्तरसम्म लैजान सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस दाङका पूर्व जिल्ला सभापति घनश्याम रेग्मीले काँग्रेसले नै देशमा शान्ति समृद्धि र विकास गर्ने भन्दै सबैजना काँग्रेसको संगठनलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।
त्यसैगरी सविधान सभाका सदस्य पूर्व सांसद बुद्धिराम भण्डारीले काँग्रेस कमजोर हुनुमा कार्यकर्ताको दोष नभई टपलेवलका नेताहरुको दोष भएको बताए । ‘काँग्रेस कमजोर हुनुमा नेताहरुकै दोष छ, यो मेरो मान्छे,
त्यो फलानाको मान्छे भन्ने गरेकाले पार्टी कमजोर भएको हो’ उनले भने । कार्यक्रममा नेपाली काँग्रेस दाङका सदस्य सुरेन्द्रबहादुर खड्काले फाउण्डेशन सिद्ध सामाजिक संस्था बनाएर यसले सबैलाई समेट्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले काँग्रेसको बलियो प्रतिपक्ष भएपनि भूमिका कमजोर भएको गुनासो गरेका थिए । ‘अहिलेको अधिनायकवादले चरम सीमा नाग्दैछ, अब पनि काँग्रेस एक भएर लागेन भने के हुने हो थाहा छैन् ?
काँग्रेस नेता प्रकाश देवकोटाले भने । त्यसैगरी अर्का नेता घनश्याम शेर्पाइलीले स्थानीय तहदेखि केन्द्र अहिले अस्तव्यस्त रहेको भन्दै काँग्रेसको भूमिका कमजोर भएको बताए ।
त्यस्तै नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले जिपी फाउण्डेशनमार्फत सामाजिक आर्थिक रुपान्तरण गर्नतर्फ फाउण्डेशन लाग्नुपर्ने बताए ।
उनले काँग्रेसका तत्कालीन सभापति कोइरालले देशलाई निकास दिन धेरै योगदान दिएको बताएका थिए । कार्यक्रममा जिपी फाउण्डेशन दाङका अध्यक्ष खगराज पाण्डले जिपी फाउण्डेशन विशुद्ध नाफारहित सामाजिक संस्था रहेको भन्दै यसले प्रादर्शीतालाई भने ख्याल गर्ने बताए ।
कार्यक्रममा काँग्रेसका नेता शंकर गिरी, फाउण्डेशनका सचिव कृष्ण गौतम, कोषाध्यक्ष देवेन्द्र रिजाल, नेपाली काँग्रेसका जिल्ला सदस्य तारा कार्की, सुरेन्द्रबहादुर खड्का, जोगेन्द्र विश्वकर्मा, नेत्र ज्योति संघका सभापति कृष्णकुमार गिरी वडा नं. ७ का अध्यक्ष टोपबहादुर केसी, वडा नं. ९ का अध्यक्ष घनश्याम ढकाल, ५ का अध्यक्ष विरेन्द्र शाह, १० का अध्यक्ष कुमार लामिछाने,
महासमिति सदस्य चेतबहादुर शेर्पाइली, फल्कुदत्त भण्डारी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनकप्रसाद खराल, फाउण्डेशन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, शान्तिनगरका अध्यक्ष नरेश डाँगी,
नगरका सल्लाहकार यमराज आचार्य, दिपेन्द्र चापागाई, गीता पौडेल, कुम्भकुमारी अधिकारी, प्रेमबहादुर केसी, घनश्याम शेर्पाइली, लिलाधर लम्साल, जगतबहादुर थापालगायतले बोलेका थिए ।
नगर समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मुक्ति न्यौपानेले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव निमबहादुर केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here