- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरशान्ति समाज दाङको सभापतिमा रेग्मी

शान्ति समाज दाङको सभापतिमा रेग्मी

- Advertisement -spot_img

तुलसीपुर, २७ साउन । मानव अधिकार तथा शान्ति समाजको ११औँ जिल्ला अधिवेशनबाट शरद रेग्मी निर्विरोध निवार्चित भएका छन् । शनिबार तुलसीपुरमा सम्पन्न ११औँ अधिवेशन एवं २१औँ साधारण सभाबाट दुई वर्षका लागि रेग्मी निर्विरोध निवार्चित भएका हुन् । शान्ति समाज दाङ शाखामा विगत १३ वर्षदेखि निरन्तर क्रियाशील रहेका थिए । अधिवेशनले शाखाको उपसभापतीमा तुलसीपुरमा सुनार, सचिवमा निर्मला डिसी, कोषध्यक्षमा अमृत काजी शर्मा र सहसचिवमा उषा गौतमलाई सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले जानकारी दिए । त्यसैगरी सदस्यहरुमा कमल डाँगी, सम्झना डाँगी, भिमलाल मरासीनी, माधव बस्नेत, निर्मल खड्का, रोशन गिरीलाई चयन गरिएको छ भने शनिबार बसेको कार्यसमितिको पहिलो बैठकबाट लिलामणि चौधरी, सन्दीपन रिजाल, तिलसरा पुन, अरविन्द चौधरीलाई सदस्यमा मनोनित गरिएको सचिव निर्मला डिसीले जानकारी दिए ।
त्यसैगरी बैठकले संस्थाको सल्लाहकारमा प्रमोद न्यौपाने र लिलाध्वज बस्नेतलाई चयन गरेको छ । साथै पहिलो बैठकले ११औँ जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सबै तह र तप्कालाई धन्यवाद ज्ञापन गरेको छ ।

यसअघि सम्पन्न शान्ति समाजको उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकारले भूमिका खेल्ने बताए । उनले प्रत्येक नागरिकको मानव अधिकारको रक्षका लागि विभिन्न अधिकारकर्मी संघसंस्थाहरुको समन्वयमा आफूले अध्ययन गरिसकेको भन्दै सबैको हक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार गम्भीर रहेको बताए । शान्ति समाज दाङका सभापति सुरेश हमालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै केन्द्रीय प्रतिनिधिको रुपमा सहभागी विशिष्ठ अतिथि सुशील बस्नेतले समाजमा हुने हरेक घटनाक्रमलाई शान्ति समाजले सुक्ष्मरुपमा अध्यन गरिरहेको वताए । उनले आफ्नो अधिकार प्र्राप्तीका लागि अरुको मानव अधिकार हनन् हुन नदिने तर्फ सबै सचेत रहनुपर्ने भन्दै जिल्लाको मानव अधिकारका बारेमा चर्चा गरेका थिए ।
त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि प्रद्रेश प्रहरी प्रमुख डिआइजी शेर बहादुर बस्नेत नेपाल प्रहरी मानव अधिकारको रक्षाका लागि कसैसँग पनी सम्झौता नगर्ने बताए । उनले मानव अधिकार रक्षा र विकासका लागि प्रहरी प्रधान कार्यालय सचेत रहदै विभिन्न गोष्ठी तथा तालिमहरु समेत सञ्चालन गर्न आइरहेको समेत बताए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरु रावत, निवर्तमान अध्यक्ष विमल रिजाल वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा केन्द्रीय शिक्षा विभाग संयोजक निर्मल नेपाली, संस्थापक सभापति डिल्लीराज धिताल, एनप्याब्सनका वरिष्ठ उपाध्यक्ष विमल गौतम, रोटरी क्लवका महासचिव विनिल केसी, नेवार समाजका अध्यक्ष नरेशराज भण्डारी, महिला मानव अधिकारकर्मी शुष्मा गिरी, रेडक्रस दाङका सभापति नारायण आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपसभापति तुलसीराम सुनारले गरेका थिए । ११औँ अधिवेशनलाई निर्विरोध निर्वाचित गराउनको लागि निवर्तमान सभापति सुरेश हमाल, पूर्व सभापतिहरु तेजबहादुर कार्की, निर्मल नेपाली, सुरेश श्रेष्ठ, सल्लाहकार प्रमोद न्यौपानेले विषेश भूमिका निर्वाह गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here