- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरशान्ति समाजको दिप प्रज्वलन

शान्ति समाजको दिप प्रज्वलन

- Advertisement -spot_img

तुलसीपुर, ४ असोज । संविधान दिवसको अवसरमा शान्ति समाज दाङ शाखा र एन प्याव्सन दाङले शुक्रबार संयुक्तरुपमा दिप प्रज्वलन गरेका छन् । मुलुकमा संविधान जारी भएको दिनको स्मरणमा शान्ति समाज र एन प्याब्सन दाङले तुलसीपुरको विपी चोकमा दिप प्रज्वलन गरेका हुन् ।
दिप प्रज्वलनपछि आयोजित कोणसभामा बोल्ने बक्ताहरुले नेपालको संविधान सबैभन्दा उत्कृष्ट र सबैलाई समेटिएको भन्दै अझै पनि केही जिल्लाहरुमा असन्तुष्टि देखिएको हँुदा संशोधन गर्नुपर्ने भए सबैको सहमतिमा संविधानलाई कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, एन प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगी,केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा, जिल्ला अध्यक्ष भिम बहादुर बुढाथोकी, शान्ति समाजका पूर्व केन्द्रीय उपाध्यक्ष मोहन धिताल, संस्थापक अध्यक्ष डिल्लीराज धिताल, पूर्व दाङ सभापति निर्मल नेपाली, महिला अधिकारकर्मी शुष्मा गिरी, पद्मा चौधरी, दीपा धिताल लगायतले बोलका थिए ।
शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कोणसभाको सञ्चालन एन प्याव्सन दाङका सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here