शान्ति समाजको अनुगमन

मुख्य खबर राजनीति समाज

तुलसीपुर, २९ साउन । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको मानव अधिकार तथ शान्ति समाज दाङ शाखाले अनुगमन गरेको छ । मंगलबार शान्ति समाज दाङका सभापति शरद रेग्मीको नेतृत्वमा जिल्लाका विभिन्न स्थानहरुमा बन्दको प्रभाव र बन्दका कारण सर्वसाधारणहरुमा परेको असरका साथै बन्दको प्रकृतिका बारेमा समेत अध्ययन गरिएको छ । अनुगमनमा उपसभापति तुलसीराम सुनार, कोषाध्यक्ष अमृत शर्मा, सहसचिव उषा गौतम, सदस्यहरूको सहभागिता रहेको थियोे । त्यस्तै मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले बन्दको विकल्प खोज्नसमेत सम्बन्धित निकायलाई आग्रह गरेको छ । बन्दबाट सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पुगेको भन्दै तत्काल वार्ता र संवादबाट राजनीतिक समाधान खोज्नसमेत अनुरोध गरेको सभापति रेग्मीले जानकारी दिए । यसैबीच शान्ति समाज दाङको मंगलबार बसेको बैठकले ११औँ अधिबेशनबाट नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रम भदौ १ गते शुक्रबार तुलसीपुरमा आयोजना गर्ने निर्णय गरेको छ । साथै बैठकले आन्तरिक ब्यवस्थापनका लागि वीपी चौकस्थित रिपोर्टर्स क्लव दाङ रहेको भवनमा कार्यालय स्थापना गर्ने समेत निर्णय भएको सचिव निर्मला डिसीले जानकारी दिइन् । बैठकमा निवर्तमान सभापति सुरेश हमाल, संस्थापक सभापति वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, केन्द्रीय योजना विभाग प्रमुख अधिवक्ता मोहनप्रसाद धिताल, पूर्वसभापति सुरेश श्रेष्ठ, सल्लाहकार प्रमोद न्यौपानेलगायतले नयाँ कार्यसमितिलाई सुझावसहितको मन्तब्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *