शान्ति शोभायात्रा

मुख्य खबर

घोराही, २० मंसिर । ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराहीको शिलान्यास समारोह २०७६ को पूर्व तयारीमा शान्ति शोभायात्रा गरिएको छ । घोराहीको विपी चोकबाट शुरू भएको शान्ति यात्रा तुलसीपुर चोक न्यूरोड हुँदै बजारको विभिन्न स्थानको परिक्रमा गरी भवन निर्माणस्थल साविक मधुवन होटलको कम्पाउण्डमा समापन भएको थियो ।
ब्रह्माकुमारीज राप्ती क्षेत्रका क्षेत्रीय प्रमुख एवं मूल समारोह समितिका संयोजक राजयोगिनी गीता दिदी र घोराही उपमहानगरपालिका १५ नं वडा अध्यक्ष रमेशकुमार पाण्डेले संयुक्तरूपमा शिव पिताको झण्डा फराएर शान्ति यात्राको शुभारम्भ गरेका थिए ।
शान्ति यात्रामा राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणि देवकोटा, पर्यटन विकास केन्द्र दाङका कार्यवाहक अध्यक्ष डा. लोकराज पराजुली, पत्रकार एवं सूचना सञ्चार सदस्य निवन अभिलाषी, द स्यालुट गोरखा तालिम केन्द्रका साथै ब्रह्माकुमारीज राप्तीका साथै नेपालगंज क्षेत्रका सदस्यहरूको सहभागिता रहेको थियो ।
यात्राको समापन तथा धन्यवाद राजयोगिनी गीता दिदीले दाङको साझा सम्पत्तिको रूपमा निर्माण हुने आध्यात्मिक शैक्षिक र पर्यटकीय गन्तव्य बनाउने अभियानमा सहभागी हुन सबैमा आह्वान गरेका थिए । त्यसैगरी ब्रह्माकुमारीज राप्तीका सचिव शिवलाल महताराले अहिलेसम्म भैरहेको प्रगति विवरण प्रस्तुत गर्दै समारोह भव्यताका साथ सम्पन्न गर्न सम्पूर्णमा अनुरोध गरेका थिए ।
यसैगरी आज शुक्रबार ब्रह्माकुमारीज नेपालका विभिन्न जिल्ला र भारतबाट सहभागी हुन आउन लागेका पाहुनाहरूसँग भेटघाट स्वागत सम्मान गरिने र २१ गते शनिबार वैदिक विधिविधान अनुरूप भूमी पूजन, स्वर्गद्वारीका वटुकद्वारा स्वस्ति शान्ति वाचन, ११ बजे शिलान्यास र मञ्चको औपचारिक कार्यक्रम हुनेछ ।
यसैगरी यज्ञबहादुर भण्डारीको अध्यक्षतामा गठन भएको उपभोक्ता तथा भवन निर्माण समितिले समेत निर्माण कार्यको प्रक्रिया अगाडि बढिसकेको सञ्चार संयोजक ब्रह्माकुमार माधव तिमिल्सेना जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *