तुलसीपुर, ३ असार । तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडाका अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शान्ति आधारभूत विद्यालय नवलपुर प्रथम भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ वडा कार्यालयको आयोजनामा आयोजित अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शान्ति आवि नवलपुरले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
कक्षा १ देखि ६ सम्मका वडाका ६ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा दंगीशरण विद्याकुञ्ज बेलगनार द्वितीय, आधारभूत विद्यालय कटाहाँ र गोल्डेन स्टार वोर्डिङ स्कुल वेल्टाकुरा तृतीय तथा चन्द्रोदय विद्याकुञ्ज जसपुर र अमर मावि उरहरीले सान्त्वना स्थान प्राप्त गरेका हुन् ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतिय तथा सान्त्वना हुने विद्यालय तथा प्रतियोगी छात्रछात्रालाई नगद पुरष्कारसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको सहजीकरण वडा सचिव भूवनेश्वर अधिकारी र वडाकी कर्मचारी लक्ष्मी चौधरीले गरेका थिए भने मार्किङ वडाकी कर्मचारी लोकमाया बस्नेतले र समय हेर्ने जिम्मेवारी शरद गौतमले निर्वाह गरेका थिए ।
प्रतियोगिता वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता एवं शिक्षा मन्त्रालयका पूर्व सहसचिव शिक्षाविद् विष्णुकुमार देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि देवकोटाले शिक्षासँगै संस्कारका कुराहरु पनि सिकाउन विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सुझाव दिए । साथै उनले विद्यार्थीलाई अतिरिक्त रचनात्मक क्रियाकलापमा पनि सहभागी गराउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा वडा सदस्यहरु निर्मा चौधरी, खिमा कुमारी विक, वडा सचिव भुवनेश्वर अधिकारी, अमर मावि उरहरीका शिक्षिका गोमा वालान क्षेत्री, दंगीशरण विद्याकुञ्जका प्रधानाध्यापक बमबहादुर डाँगी, शान्ति आवि नवलपुरका प्रधानाध्यापक विष्णु वलीलगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वडा सदस्य तथा बालबालिका कार्यक्रम संयोजक घनश्याम गौतमले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण वडा सदस्य सुवास डाँगीले गरेका थिए ।