शान्तिनगर गाउँपालिकामा अज्ञात समुहको ताला

फिचर राजनीति

दाङ ।
दाङको शान्तिनगर गाउँपालिकामा अज्ञात समुहले तालाबनदी गरिदिएको छ । विप्लब नेतृत्वको नेकपाले आयोजना गरेको बन्दकै दिन शान्तिनगर गाउँपािलका र केहि वडा तालाबन्दी भएको हो ।
शानिनगर गाउँपालिका कार्यालय चिराघाट, गाउँपालिकाको वडा नम्बर ३ र ४ र तुलसीपुर उपमहानगर पालिका वडा १को कार्यालयमा अज्ञान समुहले तालाबनदी गरेको गाउँपालिकाका प्रेस सल्लाहकार निराश पाण्डेले जानकारी दिए । उनले गाउँपालिकामा अज्ञात समुहले लगाएको तता भने स्थानीय प्रहरीले फोडेको पाण्डेले बताए । प्रहरीले भने ताला विप्लबका कार्यकर्ताले लगाएको हुन सकने अनुमान गरेको छ । गाउँपालिकामा अहिले उच्च सुरक्षा सर्तकता अपनाइएको छ भने प्रहरीहरु परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *