Tuesday, March 26, 2024
Homeसमाजशान्तिनगरले विविध कार्यक्रम गर्ने

शान्तिनगरले विविध कार्यक्रम गर्ने

- Advertisement -spot_img

शान्तिनगर, १९ भदौ । दाङको शान्तिनगर गाउँपालिकाले आगामी भदौ २२ गते विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाको गाउँ शिक्षा समितिको बुधबार चिराघाटमा बसेको बैठकले भदौ २२ गते ४०औँ शिक्षा दिवस, निजामती सेवा दिवस र ५३औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख घनश्याम वलीले जानकारी दिएका छन् ।
गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा बसेको बैठकले दिवसका अवसरमा माध्यमिक तहस्तरीय निबन्ध र वक्तृत्वकला प्रतियोगिता तथा आधारभूत तहमा खुल्ला नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको गाउँपालिकाका प्रेस संयोजक निराश पाण्डेले जानकारी दिए । साथै उक्त कार्यक्रममा सहभागीका लागि गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयलाई आग्रह गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here