- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरशान्तिनगरमा रोजगार कार्यक्रम शुरु

शान्तिनगरमा रोजगार कार्यक्रम शुरु

- Advertisement -spot_img

शान्तिनगर, ३ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना मंगलबार शान्तिनगर गाउँपालिकामा उद्घाटन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीले हरेक कामको सम्मान सबैले अनिवार्य रुपमा गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाका सातवटै वडाबाट ४४ सय ५१ जनाले आवेदन फाराम भरेको भएपनि ति मध्ये ९९ जना मात्र रोगजारका लागि छनौटमा परेको जानकारी दिए ।
यस्तै छनोटमा परेकाहरुलाई आवश्यक औजार, सुरक्षा सामाग्री र प्राथमिक उपचारका सामाग्रीहरु उपलव्ध गराउँदैै गाउँपालिका संयोजक निमराज सापकोटाले बुधबारदेखि नै गाउँपालिकाका विभिन्न स्थानका कामका लागि खटाईने बताए ।
जसअन्र्तगत वडा नं. १ खर्काकोट, वडा नं. २ को स्वाथ्य केन्द्र र वडा कार्यालय, वडा नं. ३ को सुन्दरादेवी मन्दिर जाने बाटो निर्माण तथा मर्मत गर्नुपर्नेछ  ।
यसैगरी वडा नं. ४ को खड्कपुरदेखि चिराघाटसम्म कच्ची नाला निर्माण, वडा नं. ५ मा जंगपुर खानेपानी लाईन विस्तारको काम गर्नुपर्ने बताईएको छ । त्यसैगरी ६ नं. वडाको वडा कार्यालय परिसरको सरसफाई र वडा नं. ७ मा करेसाबारी निर्माण गर्नुपर्ने छ ।
छनौटमा परेका श्रमिकहरुले दैनिक आठ घण्टा काम गर्नुपर्ने छ भने सो वापत दैनिक ५ सय १७ रुपैयाँ प्राप्त गर्नेछन् । छनौटमा परेकामध्ये ७७ जना महिला रहेका छन भने २२ जना पुरुष रहेका छन् ।
श्रमको सम्मान, राष्ट्रको अभियानलाई मूर्त रुप दिनका लागि सञ्चालन गरिएको रोजगार कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको अध्यक्षतामा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here