- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरशान्तिनगरमा दुईदिने स्वास्थ्य शिविर

शान्तिनगरमा दुईदिने स्वास्थ्य शिविर

- Advertisement -spot_img

तुलसीपुर, १७ बैशाख
शान्तिनगर गाउँपालिकामा क्षयरोेग तथा पाठेघरसम्बन्धी शिविर सोमबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षता मा दुईदिने स्वास्थ्य शिविर भएको हो । गाउँपालिकाले आयोजना गरिएको स्वास्थ्य शिविरमा गाउँपालिकाका झण्डै दुईसय १८ जना व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । शान्तिनगर गाउँपालिका वडा नम्बर २ अमुवा र वडा नम्बर ६ धनौरी स्वास्थ्य चौकीमा क्षयरोगसम्बन्धी शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाका एक सय ५० जना शंकास्पद क्षयरोगीहरुको खकार परीक्षण गरिएको थियो ।
यस्तै गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय दाङको आयोजनामा पाठेघर क्यान्सर सम्बन्धी शिविर सञ्चालन भएको हो । शान्ति नगरगाउँपालिका वडा नम्बर ४ बाघमारेमा पाठेघर क्यान्सरसम्बन्धी परिक्षण गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका ल्याव अधिकृत देवलाल डाँगी र शान्तिनगर गाउँपालिकाका ल्याव असिस्टेन्ट शिव कुमार विकले खकार परिक्षण गरेका थिए । पाठेघरको परीक्षण जिल्ला जनस्वास्थ्य कार्यालय दाङको प्राविधिक टोलीले गरेको थियो । परिक्षणका क्रममा एकजना महिलाको पाठेघरमा क्यान्सर देखिएको छ । तीनजना महिलाको पूर्णरुपमा पाठेघर खसेको पाइएको हो । शान्तिनगर गाउँपालिकाको करिब एक लाख लागतमा आयोजना गरिएको दुईदिने स्वास्थ्य शिविरमा गाउँपालिकाभित्र रहेका विभिन्न वडाका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here