- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरशान्तिनगरमा अभिमुखीकरण कार्यक्रम

शान्तिनगरमा अभिमुखीकरण कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, २० बैशाख ।
शान्तिनगर गाउँपालिकाले आयोजना गरेको ‘सकारात्मक साेंच र स्थानीय सरकार सञ्चालन’ सम्बन्धी दुईदिने अभिमुखीकारण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका प्रमुख कमानसिंह डाँगीको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा जननिर्वाचित प्रतिनिधि र शान्तिनगर गाउँपालिकाभित्रका विभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय सरकार सञ्चालन प्रकृया, आवद्यिक तथा वार्षिक योजना सञ्चालन र कार्यान्यन, कार्यालयको दैनिक कार्यसम्पादनमा कसरी सहजता ल्याउने भन्ने विषयमा प्रशिक्षण भएको थियो ।
दुईदिने अभिमुखीकरण कार्यक्रमको प्रशिक्षण नेपाल सरकारका पूर्व सह–सचिव रमेशकुमार अधिकारीले गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख कमानसिंह डाँगीले दुईदिने अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायित्ववोध गर्न सजिलो भएको भन्दै अभिमुखीकरण कार्यक्रम सफल भएको बताएका थिए । उनले कर्मचारी र जनप्रतिनिधिबीच समन्वय र कामप्रतिको जिम्मेवारी बहन गर्न सजिलो बनाएको समेत बताएका थिए ।
स्वास्थ शाखा प्रमुख हरि पुनले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले गरेका थिए । अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारी गरी ७० जनाको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here