- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरशान्तिनगरमा अध्यक्ष कप हुने

शान्तिनगरमा अध्यक्ष कप हुने

- Advertisement -spot_img

तुलसीपुर, १५ माघ । शान्तिनगर गाउँपालिकामा अध्यक्ष कप प्रतियोगिता हुने भएको छ । माघ १६ देखि १८ गतेसम्म गाउँपालिकामा अध्यक्ष कप प्रतियोगिता हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले जानकारी दिए । १३ प्रकारका प्रतियोगिता गर्न लागिएको र सम्पूर्ण तयारी पूरा भएको उनले बताए । जनकल्याण मावि सिमसुन्दरपुरमा हुने प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको गर्ने छन् । भने यस क्षेत्रका सबै जनप्रतिनिधिको उपस्थिति रहने छ ।
दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा÷राष्ट्रिय सभा÷प्रदेश सभा सदस्यहरुको विशिष्ट आतिथ्यता रहने र जिल्ला सबै पालिकाहरुका प्रमुखहरुलाई पनि निमन्त्रण गरिएको गाउँपािलकाले जनाएको छ । प्रतियोगितामा महिला÷पुरुष भलिबल प्रतियोगिता, पुरुषतर्फ क्रिकेट, फुटबल प्रतियोगिता हुनेछ भने नृत्य, लोकदोहरी, गणित दौड, हाजिरी जवाफ, २०० मीटर दौड छात्र÷छात्रा, श्रुति लेखन, वक्वृत्वकला प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिकाका सूचना अधिकारी रविन रेग्मीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here