शल्यक्रिया सेवा अवरूद्ध

मुख्य खबर

सल्यान, ४ मंसिर । जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा शल्यक्रिया सेवा अवरूद्ध भएको छ । अस्पतालमा चिकित्सक अभावका कारण बिगत दुई हप्तादेखि शल्यक्रिया सेवा प्रभावित हुँदा बिरामीहरु मर्कामा परेका छन् । बिषेशगरी गर्भवती महिलालाई समस्या भएको छ ।
यसअघि अस्पतालमा कार्यरत डा. प्रदिप शर्माले शल्यक्रिया सेवा दिँदै आएकोमा कात्तिक १४ गतेदेखि जागीरको अवधि सकिएपछि नयाँ चिकित्सक नभएपछि सल्यक्रिया सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ । दुई हप्ताको अन्तरालमा अस्पतालमा सेवा लिन आएका विभिन्न प्रकारका शल्यक्रिया गर्नुपर्ने २५ जना बिरामीलाई दाङ रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताए । अस्पतालबाट दुई हप्तामा सुत्केरी हुन आएका पाँचजना महिलालाई रिफर गरिएको प्रमुख बुढाले बताए । सुत्केरी हुन आउने महिलालाई धेरै समस्या हुने गरेको र शल्यक्रिया गर्नुपरेमा दाङ पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले चिकित्सकको अभावमा समस्या रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *