शनिबार कार्यालय खोल्न राय लिदै प्रशासन

मुख्य खबर समाज

घोराही, १४ साउन ।
जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सरकारी कार्यालय सञ्चालनका जिल्लाका स्थानीय तहलाई सहमति दिनका लागि पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्र लेखेर प्रशासनले भदौँ महिनादेखि सरकारी कार्यालय सञ्चालन गर्ने गरी राय सुझाव दिन पत्र पठाएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
जनताको काम शनिबार पनि हुने भएको हुँदा स्थानीय तहको सहमतिमा जिल्लास्तरका कार्यालय पनि खोल्नका लागि प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ रहेको छ । स्थानीय तहबाट सिफारिस गर्नुपर्ने भएकाले स्थानीय तहले पनि शनिबार कार्यालय सञ्चालनका लागि सहमति भए भदौँ महिनादेखि शनिबार पनि कार्यालय सञ्चालन गर्ने पत्रमा उल्लेख गरिएको छ ।
गत बर्ष जिल्ला प्रशासन कार्यालय दशै र तिहारको समयमा शनिबारको दिन पनि सरकारी कार्यालय सञ्चालन भएका थिए । टाढाका सेवाग्राहीलाई सहज बनाउनका लागि शनिबार पनि कार्यालय सञ्चालनको प्रयास गरिएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले हस्ताक्षर गरेको पत्र सबै स्थानीय तहमा पुगेको छ । स्थानीय तहले सहमति दिएमा भदौँ महिनादेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । स्थानीय तहले शनिबार कार्यालय सञ्चालनका लागि सहमति दिएमा दाङ जिल्ला शनिबार पनि कार्यालय बन्द नहुने पहिलो जिल्ला हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *