व्यावसायिक भैसीपालनमा दाजुभाइ

फिचर समाज

राजपुर गाउँपालिका वडा नम्बर २ बेलाका नन्दराम यादव र तिलक राम यादवलाई यतिबेला भैसी स्याहार्न भ्याई नभ्याई छ । झण्डै पाँच बर्ष अघि यादव भैसी फर्म दर्ता गराएर ब्यावसायिक रुपमा लागेका यादव दाजुभाइसँग साना–ठूला गरेर २९ वटा मुर्रा जातका भैसी छन् । जसमध्ये दशवटा दुहुना भैसी रहेका छन् । दशवटा भैसीबाट दैनिक ४० लिटर दुध बिक्री हुने गर्दछ ।
दैनिक दुध बिक्रीबाट सबै खर्च कटाएर मासिक ३५ हजार बचत हुने गरेको नन्दराम यादवले बताए । दाजु नन्दराम यादवले लमहीमा दूध डेरी पसल सञ्चालन गरेका छन् भने भाइ तिलकराम यादव भैसीको स्याहार सुसार गर्ने, घाँसपानी गर्ने, दूध दोएर डेरीसम्म पु¥याउने गर्दछन् ।
चरन र घाँसको अभावले यादव दाजुभाइ बिगत छ÷सात बर्ष पहिले लमही नगरपालिका वडा नम्बर ६ को मध्यनगरमा बस्दै आएका छन् । भैसीको घाँसको लागि वार्षिक दश हजार रुपैयाँ तिरेर दश कट्ठा जग्गा भाँडामा लिएर घास रोपेको तिलकराम यादवले बताए ।
यादव समुदायको भैसी पाल्ने पुख्र्यौली पेसा हो । परम्परादेखि पाल्दै आईयो उपलब्धि केहि भएन त्यसपछि केहि गर्नुपर्छ भन्ने सोच आएर फर्म दर्ता गरियो र ब्यावसायिक रुपमा काम थालनी गरियो । जे होस् अहिले यो पेशा ब्यवसायबाट हामी सन्तुष्ट छौँ यादव दाजुभाइले भने ।

भैसी पालनबाटै भएको आम्दानीले लमहीको मध्यनगरमा ५ कट्ठा ५ धुर जग्गा पनि जोडेका छन् । उनीहरुसँग सुरुमा दुईवटा मात्र भैसी थिए । दैनिक चार लिटर दुध बेलाबाट लिएर लमही आउनुपर्दथ्यो ।
अहिले उनीहरु यो झन्झटबाट मुक्त भएका छन् । यो ब्यवसायबाट दशजनाको परिवार पालिएको छ । सबै परिवारका सदस्य आ–आफ्नो काममा व्यस्त हुन्छाँै नन्दराम यादवले भने ।
दुःख गरे अनुसार दूधको मूल्य भने चित्त बुझ्दो नभएको नन्दरामको गुनासो छ । यादव भैसी फर्म दर्ता गराएको झण्डै पाँच बर्ष हुन लाग्यो । तर राज्यबाट अनुदान पाउन नसकिएको नन्दरामले बताए ।
यो चालु आर्थिक बर्षमा अनुदानको लागि लमही नगरपालिका वडा नम्बर ६ को कार्यालयमा निवेदन दिएको उनले बताए । अहिले किसानबाट बजारमा ५० देखि ५५ रुपैयाँ प्रतिलिटरमा दूध बिक्री हुने गरेको छ । भने जति दूधको मूल्य नपाउँदा किसान मर्कामा परेको किसानहरु बताउँछन् ।
त्यस्तै मध्यनगरमा तीन कट्ठा जग्गा किनेर भैसीपालन गर्नकै लागि राप्तीपारि बेलाबाट गुमती प्रसाद यादव पनि लमहीको मध्यनगर आएका छन् । उनीहरुसँग अहिले साना ठूला गरेर २० वटा भैसी रहेका छन् । गुमती प्रसादसँग अहिले ६ वटा दुहुना भैसी छन् । उनीहरुले पनि लमहीमा रहेको एक डेरीमा ३० देखि ३५ लिटर दूध बिक्री गर्ने गरेको यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *