व्यवहारिक शिक्षा आवश्यक

मुख्य खबर समाज

तुलसीपुर, २० फागुन । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ श्रीगैमा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलको २२औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आइतबार एक समारोहका बीच वार्षिकोत्सव मनाइएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि रिजालको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले अब घोकन्ते शिक्षाभन्दा पनि सिकाउ, टिकाउ र विकाउ शिक्षा आवश्यक रहेको बताए । उनले अब किताबी ज्ञान मात्रै नभई बजारलाई आवश्यक पर्ने ब्यबहारिक शिक्षा आवश्यक पर्ने बताए । साथै उनले अब पाठ्यक्रम पनि परिमार्जन गर्नुपर्ने बताए । कार्यक्रममा विशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा संयोजक देवराज विश्वकर्माले तुलसीपुरलाई शैक्षिक हवका रुपमा विकास गर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमाल, चित्रा मल्ल, विद्यालयका संरक्षण श्यामलाल रिजाल, प्याव्सन दाङका उपाध्यक्ष विजय जिएम, एन प्यास्सनका सचिव ठाकुर डाँगी, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, अभिभावक पोमनारायण रिजाल, फर्साराम खनाल, पूर्व विद्यार्थी मिरन पौडेल, विद्यार्थी पूजा नेपाली, मोनिका पौडेललगायतले भनाई राखेका थिए ।
शिक्षक सोमराज बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा विद्यालयको प्रगति विवरण प्रधानाध्यापक बासुदेव रिजालले गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक रञ्जना लामिछाने र शरद शर्मा मज्गैयाँले गरेका थिए । त्यस अवसरमा गत बर्षको बार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । साथै विद्यार्थीहरुले विभिन्न प्रस्तुति पनि राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *