व्यवस्थित अटोभिलेज

सम्पादकीय

दाङको तुलसीपुरमा रहेका अब्यवस्थित अटोभिलेज व्यवस्थित भएको छ । नयाँ बसपार्कमा रहेको तुलसीपुरको अटोभिलेज छुट्टै क्षेत्रमा ब्यवस्थित रुपमा स्थापना भएपछि ब्यवस्थित अटोभिलेजको परिभाषा दिन थालिएको छ । यसले ब्यवसायीलाई र सेवाग्राहीलाई समेत सहज बनाउनु राम्रो पक्ष देखएको छ । अटो व्यवसायीहरुलाई ब्यवस्थित गर्न तुलसीपुरमा आधुनिक अटो भिलेज निर्माण गर्ने उद्देश्य पुरानो भए पनि अहिले यो सम्भव बनाउँदै उद्घाटन गरि सकिएको छ । यसले अटो भिलेजको ब्यवसाय ब्यवस्थित भएको देखाएको छ ।
राज्य र ब्यवसायीको साझेदारीबाट नमुनाको रुपमा निर्माण गरिएको अटोभिलेजले अहिले सबै क्षेत्रका उदाहरण पनि बन्दै गएको देखिएको छ । सानो क्षेत्रमा सञ्चालन भइरेको ब्यवसायी खुला क्षेत्रबाट सञ्चालन हँुदा त्यसले पनि धेरैलाई सहजता सिर्जना गर्नु अनौठो त हैन तर पनि ब्यवस्थित र नमुनाको रुपमा स्थापना हुने भने ठूलै चुनौति छ । यसलाई ब्यवस्थित र सबै मापदण्ड अनुसार राख्नु अबको महŒव बन्नुपर्छ ।
शहरको सुन्दरतासँग जोडिएको अटोभिलेज ब्यवस्थित बन्नु पनि राम्रो मानिन्छ । एकीकृत हुनु, त्यो पनि नमुनाको रुपमा ब्यवस्थित हुनु अर्काे सकारात्मक पक्ष हो । तुलसीपुर क्षेत्रका एक सय ५० अटो ब्यवसायीहरु एकीकृत भएर ब्यवसाय सञ्चालन हुँदा यसले सबै ठाउँमा सकारात्मक प्रभाव पनि पारेको छ । तुलसीपुर उपमहानगरपालिका ६ र ९ नम्बर वडाभित्र रहेको साढे चार विगाह क्षेत्रफलमा अटोभिलेज निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
जसका लागि झण्डै आठ करोडको हाराहारीमा खर्च लागेको र अझै पनि केही पूर्वाधार निर्माणको क्रम जारी रहेको छ । तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कमा अटोभिलेज सञ्चालन हुँदा अस्तब्यवस्त जस्तै थियो । अहिले यसले धेरै नै ब्यवस्थित बनाएको छ । तुलसीपुर उपमहानगरपालिकाले अटो ब्यवसायीसँगको सहकार्यमा आवश्यक पूर्वाधारहरु निर्माण गरिएको कार्यले अहिले विभिन्न स्थालमा साझेदारी जोडेर बहस हुने गरेको छ । जुन बहसलाई सकारात्मक मानिएको छ । तर नमुना र ब्यवस्थित भनिएको अटो भिलेजमा अझै पनि धेरै कुराहरु सुधार गर्नुपर्ने अवस्था देखिन्छ ।
अति आवश्यक त्यो पनि व्यवस्थित रुपमा रहेको अटोभिलेजमा आवश्यक पूर्वाधार र सेवाका बारेमा कमि ल्याइनु हँुदैन । राज्यको तर्फबाट हुने र ब्यवसायीको तर्फबाट हुने सम्पूर्ण सुविधाहरु अटोभिलेजमा देखिनु र पाइनुपर्छ । कुनै पनि गाडीहरुको काम लिएर सेवाका लागि जाने सेवाग्राहीहरुलाई ब्यवसायीहरुले सेवा प्रवाह गर्न सक्नुपर्छ । नाममात्रैको नमुना बनाइनु भन्दा पनि काम र पूर्वाधार तथा सेवा सुविधामा पनि नमुनाको संकेत देखिनु पर्छ भने त्यहाँसम्म पुग्ने सडक पूर्वाधारलाई विशेष ध्यान दिन सक्नुपर्छ । भाषणमा नमुना देखाउने तर ब्यवहारमा त्यस्तो भएन भने त्यसले सार्थकता पाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *