Wednesday, April 10, 2024
Homeमुख्य खबरव्यवसाय दर्ता नवीकरण शिविर

व्यवसाय दर्ता नवीकरण शिविर

- Advertisement -spot_img

घोराही, १४ भदौ । घोराही उपमहानगपालिका–४ का पुनाराम भुसाललाई गाउँमै होटल व्यवसाय गर्न मन लाग्यो तर दर्ता गर्न कहाँ–कहाँ जाने, कति लाग्ने केही थाहा थिएन् ? भुसालले केही दिन अघि नयाँ व्यवसाय दर्ताका लागि शिविर सञ्चालन हुन लागेको खबर सञ्चार माध्यमबाट पाए । व्यवसाय दर्ता गर्दा अनेक झन्झट हुन्छ भन्ने सुनेका भुसाललाई शिविरमा सबै सेवा दिने भन्ने सुनेपछि उनी बुधबार घोराहीमा आयोजना गरिएको नयाँ व्यवसाय दर्ता तथा नवीकरण शिविरमा आए र केही समयमै उनले व्यवसाय दर्ता गरे । त्यस्तै अर्का किराना पसल व्यवसायी पदम पाण्डेले पनि शिविरबाट केही समयमै पसल दर्ता गरे । सुनेको थिए व्यवसाय दर्ता गर्दा विभिन्न समस्या आउने गर्छन् तर मैले एकघण्टा मै सजिलै पसल दर्ता गर्न सफल भए उनले भने । दाङ जिल्ला उद्योग वाणिज्य संघले बुधबारदेखि आयोजना गरेको शिविरमा भुसाल र पौडेल मात्र होइन अन्य धेरैले नयाँ व्यवसाय दर्ता गरेका छन् भने धेरैले नवीकरण पनि गरेका छन् । व्यवसायीलाई दर्ता प्रक्रियामा ल्याउन र दर्ता भएका व्यवसायलाई नवीकरण प्रक्रियामा ल्याउन संघले सञ्चालन गरेको शिविरबाट बुधबारमात्रै २४ जनाले नयाँ व्यवसाय दर्ता गरेका छन् भने संघमा आवद्ध ४४ व्यवसायीले आफ्नो व्यवसाय नवीकरण गराएका छन् । संघमा आवद्ध करिब चार हजार पाँच सय व्यवसायी छन् भने दुई हजार तीन सयजनाले मात्रै नवीकरण गराएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । संघले बुधबार घोराहीमा आयोजना गरेको नयाँ व्यवसाय दर्ता तथा नवीकरण शिविरमा आएका सेवाग्राहीलाई थप शुल्क नलाग्ने संघका अध्यक्ष भुसालले बताए । संघले आयोजना गरेको शिविरले व्यवसायीलाई समयको बचतसँगै दर्ता प्रक्रियामा झेल्नुपर्ने अनेक समस्याबाट मुक्त गराएको उनको भनाई छ । उनले भने– संघले सञ्चालन गरेको शिविर स्थानीय तहले गर्नुपर्छ, अनि मात्रै सबै व्यवसायीलाई दर्ता प्रक्रियामा ल्याउन सकिन्छ । व्यवसायी कर तिर्न राजी छन् तर देखिएको झन्झटिलो पक्रियाले सबै व्यवसायी करको दायरामा आउन सकेका छैनन् उनले भने । उनले दाङ जिल्ला उद्योग वाणिज्य संघको शाखा दाङ सबै स्थानीय तहमा पु¥याउने उद्देश्य रहेको बताए । बंगलाचुलीमा शाखा स्थापना गरिसकेको बताउँदै अब शान्तिनगरमा स्थापना गर्न लागेको बताए । उनले थपे– संघको शाखा सबै स्थानीय तहमा पुग्यो भने व्यवसायीलाई थप सहजता आउने छ । बुधबारदेखि शुरु भएको शिविर शुक्रबारसम्म सञ्चालन हुने भुसालले जानकारी दिए । अध्यक्ष भुसालले संघले सञ्चालन गरेको शिविरमा बिना दर्ता व्यवसाय सञ्चालन गरेका र व्यवसाय दर्ता नवीकरण नगरेका व्यवसायीलाई शिविरमा सेवा लिन आग्रह समेत गरेका छन् । शिविरमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर, स्थानीय तह, घरेलु र दाङ जिल्ला उद्योग वाणिज्य संघबाट प्रदान गरिने सेवा एकै ठाउँबाट पाएपछि समयको बचतसँगै झन्झटबाट पनि मुक्त भएको नयाँ व्यवसाय दर्ता गर्न आएका अर्का व्यवसायी शैलेस अधिकारीले बताए । उनले भने– कार्यालयमा पुग्दा अनेकौँ समस्या झेल्नुपर्छ तर ति कार्यालयबाट प्रदान गरिने सेवा एकैठाउँबाट पाउँदा खुशी लागेको छ । दर्ता प्रक्रियाका लागि प्रत्येक कार्यालयमा जाँदा समय र पैसाको खर्च हुने भन्दै उनले शिविरमा ति सबैको बचत भएको बताए । संघले व्यवसायीको सहजकाताका लागि संघले विभिन्न समयमा शिविरको आयोजना गर्ने गरेको छ । संघले बितेको वर्षमा आयोजना गरेको शिविरमा करिब ५ सय ७० सय बढी नयाँ व्यवसायी दर्तामा आएका थिए । संघले हरेक वर्ष एक पटक व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here