- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरव्यवसाय दर्ता गर्न निर्देशन

व्यवसाय दर्ता गर्न निर्देशन

- Advertisement -spot_img

घोराही, ४ असार । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले साना होटल तथा रेष्टुरेण्टहरु नगरपालिकामा दर्ताबिनै लामो समयदेखि सञ्चालनमा रहेका व्यवसायलाई दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको छ ।
घोराहीका आधा दर्जन होटल तथा रेष्टुरेण्टहरुको अनुगमनका क्रममा साना होटल तथा रेष्टुरेण्टहरु नगरपालिकामा दर्ताबिनै लामो समयदेखि सञ्चालनमा पाइएपछि शाखाले तत्काल दर्ता गर्न निर्देशन दिएको हो ।
व्यवसायी संस्था तथा कर कार्यालयमा दर्ता भएपनि उपमहानगरपालिकामा दर्ता नै नगरी पसल सञ्चालन गरेको पाइएको शाखा प्रमुख होमलाल भुसालले बताए ।
घोराहीका आधा दर्जन होटल तथा रेष्टुरेण्टहरुको अनुगमन गर्दा कुनैले पनि दर्ता गरेको नभेटिएको हो । उपभोक्ता शाखाका कर्मचारीहरु, वडा सदस्यसहित उद्योग वाणिज्य संघ र पत्रकारको टोलीले सिद्धबाबा होटल,
धर्नाली सुशीला होटल एण्ड रेष्टुरेण्ट, सरोज रेष्टुरेण्ट एवं खाजाघर, भट्टराई नास्ता पसल र सन्तोष होटल एण्ड रेष्टुरेण्टको अनुगमन गरेको हो ।
अनुगमनमा होटलहरुले भान्छाहरु सफा नराखेको, शौचालय फोहर रहेकोे, खानाका परिकार अस्वस्थ रहेको, खानेकुरा खुल्ला राखेको भेटिएपछि एक सातामा सबै सुधार गर्दै व्यवसाय दर्ता गर्न टोलीले निर्देशन दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here