- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबर‘व्यवसायीहरु समयानुकूल परिवर्तन हुनुपर्छ’

‘व्यवसायीहरु समयानुकूल परिवर्तन हुनुपर्छ’

- Advertisement -spot_img

तुलसीपुर, १० चैत । नेपाल यातायात राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले यातायात व्यवसायीहरु अब समयानुकूल परिवर्तन हुँदै जानुपर्ने बताएका छन् । राप्ती अञ्चल साना मालबाहक यातायात व्यवसायी समिति तुलसीपुरको आयोजनामा शनिबार तुलसीपुर–७ गणेशपुर पार्कमा सम्पन्न भएको व्यवसायी भेला तथा ट्राफिक सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सल्लाहकार हमालले यातायात व्यवसायी पुरानो शैलीले चलाउन नसकिने भन्दै समयसापेक्ष बनाउनै लैजानुपर्नेमा जोड दिएका थिए । यातायात व्यवसायीहरुको हक र अधिकारको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
समितिका अध्यक्ष भुवन भुसालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय महासंघका सदस्य चिन्तामणि आचार्य, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिका महासचिव उमेशचन्द्र मजगैया, जिल्ला टेक्टर व्यवसायी समिति तुलसीपुरका महासचिव दोर्ण देवकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर नगर कमिटीका अध्यक्ष केशव बहादुर भण्डारी, अम्विकेश्वरी यातायात समितिका प्रशासनिक सचिव घनश्याम बस्नेत, राप्ती अञ्चल साना मालबाहक समितिका पूर्व अध्यक्ष प्रेमचन्द गैरे, कानुनी सल्लाहकार डिल्लीराज धिताल, राप्ती यातायात सेवा प्रालिका अध्यक्ष विनोद शर्मा र गणेशपुर पार्क व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष डिल्लीराज भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साथै कार्यक्रममा तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका असई याम बहादुर बस्नेतले ट्राफिक नियमको बारेमा प्रशिक्षण दिएका थिए । समितिका सचिव विराज डाँगी र कोषाध्यक्ष शिव बुढाथोकीले व्यवसायीको गुनासो संकलन गरेका थिए । समितिका उपाध्यक्ष ऋषिराम गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सदस्य लालबहादुर केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here