- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरव्यवसायीहरुबीच मैत्रिपूर्ण प्रतियोगिता

व्यवसायीहरुबीच मैत्रिपूर्ण प्रतियोगिता

- Advertisement -spot_img

घोराही, २ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुबीच मैत्रिपूर्ण खेलहरु भएका छन् । संघको साधारण सभाको अवसर पारेर प्रतियोगिताहरु आयोजना गरिएको हो । संघमा आवद्ध वस्तुगत समितिहरुबीच प्रतियोगिता आयोजना गरिएको उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
खेलको माध्यमबाट व्यवसायीहरुलाई आपसमा चिनजान, सिकाइ तथा रमाइलोका लागि प्रतियोगिताहरु आयोजना गरीएको संघले जनाएको छ । प्रतियोगिताको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गरेका थिए । कार्यक्रमको उद्घाटन गदै नगरप्रमुख चौधरीले खेल क्षेत्रको विकासका लागि सबै मिलेर अगाडि बढनु पर्ने बताए ।
‘एक्लो प्रयासले मात्र खेल क्षेत्रको विकास हुँदैन’ प्रमुख चौधरीले भने । खेल क्षेत्रलाई अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ रहेको छ । स्वास्थ्यका लागि खेल आवश्यक रहेको उनले बताए । खेललाई मर्यादित बनाएर अगाडि बढाउनुपर्ने समेत चौधरीको भनाइ छ । कार्यक्रममा बोल्दै दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले खेलको विकासका लागि व्यवसायीहरुले सहयोग गरेको बताए । यसप्रकारको सहयोग निरन्तरता दिनसमेत आग्रह गरे ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले संघले फुटबललाई उद्योग वाणिज्य संघ कप अनुसार हरेक वर्ष सञ्चालन गरिने बताए । उद्घाटन कार्यक्रमको सहजीकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए । मैत्रिपूर्ण फुटबल प्रतियोगितामा आठवटा समूहको सहभागिता रहेको फुटवल प्रतियोगिताका संयोजक मिनराज भाटले जानकारी दिए ।
प्रतियोगीताका विजेतालाई संघको साधारणसभामा पुरस्कार प्रदान गरिने संघका कोषाध्यक्ष सुशील पोख्रेलले जानकारी दिए । त्यसैगरेर मैत्रिपूर्ण कुर्सी दौडमा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितीका सुन्दर बस्नेत प्रथम, राप्ती अञ्चल लिकर्स एसोसिएसनका तेजबहादुर पौडेल (विश्व) द्वितीय र उद्यमी महिला समूहका प्रभा वली तृतीय भएका थिए । प्रतियोगितामा ४१ जनाको सहभागिता रहेको संघका कार्यालय प्रमुख सुरज बुढाथोकीले जानकारी दिए ।
संघको आयोजनामा यसअघि श्लोक प्रतियोगिता तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भए सकेको छ । त्यसैगरेर जिल्लाका राजमार्ग सीमाना अमिलिया र धान खोलामा बोर्डसमेत राखिएको संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । संघको साधारणसभा यही चैत ९ गते हुने संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here