व्यवसायीले २० प्रतिशत छुट दिने

मुख्य खबर समाज

घोराही, १९ मंसिर । होटल ब्यवसायी महासंघ प्रदेश नम्बर ५ ले पर्यटन बर्ष २०२० मा पर्यटकका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको छ । दाङको घोराहीमा बुधबार महासंघको विस्तारित बैठकले बाँस बस्नका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
नेपाल सरकारले २० लाख पर्यटक ल्याउने उद्देश्यसहित सन् २०२० लाई भ्रमण बर्ष लक्षित कार्यक्रम गर्दै आएको भन्दै होटल ब्यवसायी महासंघको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । दाङको धार्मिक तथा पर्यटकीयस्थल पाण्डवेश्वर मन्दिर परिसरमा भएको बैठकले सबै जिल्ला शाखाहरूलाई २० प्रतिशत छुट दिन निर्देशनसमेत दिएको अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिएका छन् ।
यस्तै पर्यटन बर्ष २०२० लाई सफल पार्नका लागि विभिन्न जिल्लामा पुगेर कार्यक्रम गर्ने, महासंघका तर्फबाट विभिन्न उपसमितिसमेत गठन गरेको अध्यक्ष काफ्लेले जानकारी दिए ।
सबै ब्यबसायीलाई सरसफाई ध्यान दिन आग्रह गर्दै बैठकले पर्यटन बर्षलाई सफल बनाउनका लागि पाहुनालाई स्वागत सत्कारमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ । अध्यक्ष काफ्लेको अध्यक्षतामा बसेको बैठकमा महासंघका सस्थापक अध्यक्ष माधव नेपालले पर्यटकको मन जितेर आम्दानी गर्न ब्यवसायीलाई आग्रह गरे ।
यसैबीच दाङ देउखुरी होटल ब्यवसायी संघले प्रदेश समितिलाई स्वागत सम्मान गरेको छ । प्रदेशको बिस्तारित बैठकको अवसरमा संघले स्वागत सम्मान कार्यक्रम गरेको हो । पहिलो पटक दाङमा भएको बिस्तारित बैठकमा सहभागी हुन आएका होटल ब्यबसायी महासंघका प्रदेश समितिका पादधिकारी, सदस्यलाई स्वागत सम्मान गरिएको अध्यक्ष रूद्रबहादुर डाँगीले जानकारी दिए ।
दाङको धारापानीमा भएको कार्यक्रममा बोल्ने बक्ताहरूले होटल ब्यवसायलाई भरपर्दो र सबैको साझा घरका रूपमा विकास गर्नुपर्ने बताएका थिए । संघका अध्यक्ष डाँगीको अध्यक्षता तथा संस्थापक अध्यक्ष माधव नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
उपाध्यक्ष दिपेन्द्र पुन मगरको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव ईश्वर बिएमले गरेका थिए । दाङको धारापानीमा होटल ब्यवसायी महासंघ प्रदेश ५ को बिस्तारित बैठक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *