व्यवसायीलाई ५१ हजार सहयोग

मुख्य खबर

घोराही, २१ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीस्थित गाउँले इलेक्«िटकलका प्रोप्राइटर विष्णु श्रेष्ठलाई सहयोग रकम प्रदान गरेको छ । संघले आइतवार श्रेष्ठलाई ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
पीडित व्यवसायीलाई सानो भए पनि सहयोग पुगोस् भनेर सहयोग गरेको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । संघले संघमा आवद्ध व्यवसायीहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको छ ।
संघले व्यावसायिक सुरक्षा कोषमार्फत पीडित व्यवसायीलाई सहयोग गरेको संघका कोषाध्यक्ष सुशील पोख्रेलले जानकारी दिए । श्रेष्ठको यही साउन १५ गते नजिकै घर निमार्णका लागि जग खन्ने क्रममा घर भत्किदा व्यवसायमा क्षति पुगेको थियो ।
घर भत्किदा घरमा व्यवसाय गरेको उनको सात लाख बराबरको क्षति भएको पीडित श्रेष्ठले जानकारी दिए । पीडित श्रेष्ठले सहयोगका लागि समेत आग्रह गरेका छन् । उनले ०६३ सालदेखि घोराहीमा व्यवसाय गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *