व्यवसायीक बन्दै महिला

फिचर मुख्य खबर

दाङ, १५ भदौ । व्यवसायीक सोच बनाएका महिलाहरु कमै मात्र देखिन्छन् । बनाएकाहरुलाई पनि वातावरणले साथ दिएको हँुदैन । त्यसमा पनि गृहणीहरुको त कुरै छोडौ सोचे पनि पूरा हुँदैन । व्यवसायमा अधिकांस क्षेत्र पुरुषहरुकै हाबी देखिन्छ ।
तर दाङका गढवा र राजपुर गाउँपालिकाका धेरै समुदायका विपन्न महिलाहरु व्यवसायीक बन्न थालेका छन् । उनीहरु बाख्रा, बंगुर, कटाइ, सिलाई, पसललगायतका व्यवसायमा लागेका छन् ।
केही महिना अघिदेखि सुरु गरेको महिलाहरुको बाख्रापालन अहिले फस्टाउन थालेको छ । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको इन्कोर कार्यक्रमअन्तर्गत सामुदायिक जलवायु उत्थान समितिमार्फत आयआर्जनका लागि महिलालाई व्यवसायीक बनाउन लागिएको हो ।
कार्यक्रमको उद्देश्य अनुसार गरिएको आर्थिक तथा प्राविधिक सहयोगले महिलाहरु व्यवसायमा लागेको बताएका छन् ।
गढवा गाउँपालिकामा २६ जना र राजपुर गाउँपालिकाका २६ जना महिलालाई व्यवसायमा सहयोग पु¥याइएको र सबैजनाले व्यवसाय अङ्गालेको कार्यक्रम संयोजक जगत तामाङले बताए । कार्यक्रमअन्तर्गत एकजना व्यक्तिलाई २५ हजार रुपैयाँ नगद सहयोग गरेका छाँै,
उनले भने ‘त्यसबाट धेरैजनाले बाख्रा किनेर ब्यवसाय थाल्नुभएको छ, केहीले पसल केहिले कटाई सिलाई त केहिले बंगुरपालन गरेर आयआर्जनको बाटोमा जानु भएको छ ।’ उनले कार्यक्रमको कार्य क्षेत्र गढवा र राजपुर भएकाले दुबै गाउँपालिकाका आयआर्जन कार्यक्रम सुरु गरिएको बताए ।
समुदायमा अति विपन्न गरिव र निम्न वर्गका मानिसलाई समुदायले नै छनोट गरी कार्यक्रममार्फत सहयोग गरिएको उनले बताए । दुई गाउँपालिकाका समुदाय, जलवायु उत्थान समिति गठन भएका छन् ।
ति समितिले नै गाउँमा व्यवसायका लागि पहल गर्ने र विपद् व्यवस्थापनको लागि काम गर्ने गरेका छन् । गढवा गाउँपालिका–१ चिसापानीका देवा जैसीले इन्कोरको सहयोगले बाख्रापालन गरिरहेको बताइन् ।

केही महिना अघिदेखि सुरु गरेको महिलाहरुको बाख्रापालन अहिले फस्टाउन थालेको छ । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको इन्कोर कार्यक्रमअन्तर्गत सामुदायिक जलवायु उत्थान समितिमार्फत आयआर्जनका लागि महिलालाई व्यवसायीक बनाउन लागिएको हो ।

उनले २५ हजारले ३ वटा बाख्रा किनेको र अहिले ७ वटा पुगेको बताइन् । ‘हामीलाई आय आर्जनको बाटो रेडक्रसले देखाई दिएको छ’ उनले भनिन् ‘अहिले नै मुनाफा लिने बेला नभए पनि लगानीको दोब्बर बनाई सकेका छौँ ।
अर्काे वर्षदेखि आम्दानी पनि हुनेछ । लगानी त अहिले नै उठाई सकेका छौ ।’ उनले उन्नत जातको बाख्रापालन गरेको हुँदा व्यवसाय पनि राम्रो हुने बताइन् ।
गढवा–७ चन्दनपुरकी सुमिना चौधरीले बाख्रापालनबाट आफू खुसी भएको बताइन् । एक वर्ष नपुग्नै राम्रो भएको भन्दै अहिले सातवटा बाख्रा आफूसँग रहेको बताइन् । तीनवटा किनेकी हुँ, अहिले सातवटा पुगिसकेका छन् ।
अर्काे महिनासम्म अझै थप हुन्छ । उनले खाली बसेर दिन कटाई रहेको बेला रेडक्रसको सहयोगले बाख्रा पाउँदा धेरै खुसी भएको र व्यवसायमा लागेको बताइन् ।
उनले बाख्रापालन व्यवसायबाट आएको पहिलो आम्दानीले बाख्रामै खर्च गर्ने योजना रहेको सुनाइन् । उनले अझै बाख्रा विस्तार गर्ने योजना रहेको बताइन् । त्यसैगरेर राजपुरका विभिन्न क्षेत्रमा पनि बाख्रा, सुगुंरपालन गरिएको छ ।
राजपुर–७ सिक्टाकी चित्रकली दमाइर्लले बाख्रापालनबाट आम्दानीसमेत सुरु हुन थालेको बताइन् । उनले आफूले तीनवटा बाख्राबाट गरेको व्यवसाय अहिले आठवटामा पुगेको बताइन ।
यसैबीच इन्कोर परियोजनाको अनुगमन गरिएको छ । सरोकारवालाहरुको सहभागितामा कार्यक्रमको अनुगमन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी, डेनिस रेडक्रस, गाउँपापालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, पत्रकारहरुको सहभागितामा अनुगमन गरिएको हो ।
गाउँमा इन्कोर कार्यक्रमले गरेको कामहरु प्रभावकारी देखिएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । गाउँपालिकाको समन्वय र सहकार्यमा काम भइरहेको भन्दै धेरैजना आयआर्जनको बाटोमा लागेको बताए ।
गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओलीले कार्यक्रम गाउँमा उपलब्धिमूलक देखिएको बताए । आवश्यक परेको स्थानमा राम्रो कार्य क्रम सञ्चालन भएको बताए ।
नेपाल रेडक्रस इन्कोर कार्यक्रमकी विनिता ढुङ्गेलले गाउँमा कार्यक्रमको प्रभावकारिता छुट्टै देखिएको बताइन् । ‘हामीले हेरेका र देखेका ठाउँहरुमा परियोजनाले सोचेको काम भएको रहेछ’, उनले भनिन् ‘यसको प्रभावकारीता राम्रो देखिएको छ ।’ ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *