व्यवसायीको हत्या

मुख्य खबर

घोराही, १४ मंसिर । दाङमा एकजना व्यवसायीको बिहीवार बेलुका चक्कु प्रहार गरी हत्या भएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेका अनुसार ४५ बर्षीय नन्दबहादुर घर्ती मगरको
चक्कु प्रहारबाट हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामिडाँडाको दुधेसोतामा घर्ती गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । रोल्पा जिल्लाका स्थायी बासिन्दा घर्ती मगर पछिल्लो समय घोराही बसपार्कको पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए । मगरको हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *