व्यक्तिगत घटना दर्ता अभिमुखीकरण कार्यक्रम

फिचर मुख्य खबर राजनीति समाज

तुलसीपुर, २६ बैशाख ।
दंगीशरण गाउँपालिका ६ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालित व्यक्तिगत घटनादर्ता सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टंकबहादुर वलीको अध्यक्षता तथा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेदजस्ता घटनाहरुको अनिवार्य रुपमा दर्ता गरी व्यक्तिको घटना कानूनीस्तर कायम गर्न तालिमले सहयोग पुग्ने बताएका छन् ।

व्यक्तिगत घटना दर्ता प्रणालीलाई राज्यको प्रशासनिक अभिलेख र जनसाङ्खीक तथ्याङ्कको लागि आधार स्तम्भको रुपमा लिएको बताउँदै व्यक्तिगत घटनाको स्थानीय निकायदेखि केन्द्रीयस्तरसम्म जनसाङ्खीक तथ्याङकको विवरण प्राप्त गर्न यसले महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।



व्यक्तिगत घटना दर्ता प्रणालीलाई राज्यको प्रशासनिक अभिलेख र जनसाङ्खीक तथ्याङ्कको लागि आधार स्तम्भको रुपमा लिएको बताउँदै व्यक्तिगत घटनाको स्थानीय निकायदेखि केन्द्रीयस्तरसम्म जनसाङ्खीक तथ्याङकको विवरण प्राप्त गर्न यसले महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने उनले बताएका छन् । व्यक्तिलाई मात्र असर वा प्रभाव नपारी समाज, राष्ट्र वा त्यसभन्दा बाहिर गएर क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरसम्म सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक जनसाङ्खीक रुपमा व्यक्तिगत घटनाले प्रभाव पारेका बताउँदै व्यक्तिगत घटना दर्ताप्रति सबैले चासो हुनुपर्ने बस्नेतले बताए । कार्यक्रममा दंगीशरण गाउँपालिका गाउँकार्यपालिका सदस्य हिरा चौधरीले राज्यको प्रमुख ध्येय नागरिकहरुको सुरक्षा र हकहितको प्रवद्र्धन गर्ने बताउँदै नागरिकहरुलाई राज्यबाट प्रदान गरिने सेवा, सुविधा सरल, सहज र प्रभावकारी रुपमा जवाफदेही र उत्तरदायित्वका साथ प्रदान गर्न नागरिकहरुको अभिलेख व्यवस्थापन गरिनु आवश्यक भएको बताए ।
वडामा व्यक्तिगत घटना दर्ता गर्ने कार्य न्यून रहेको बताउँदै व्यक्तिका जीवनमा निरन्तर घटिरहने जन्म, मत्यु, विवाह आदि व्यक्तिगत घटनाहरु दर्ता गरी व्यक्तिको पहिचान तथा कानूनी अधिकार स्थापना गर्न प्रोत्साहित गर्ने उद्देश्यले ६ नम्बर वडाका छवटा टोल र एउटा विद्यालयस्तरीय तालिम सञ्चालन गरिएको उनले बताए । कार्यक्रमको सञ्चालन दंगीशरण गाँउपालिकाका कम्प्युटर अपरेटर मस्तवीर चौधरीले गरेका थिए ।

सातवटा समूहमा सञ्चालन गरिएको तालिममा करिब तीन सयजनालाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा व्यक्तिगत घटना दर्ताको परिचय, अवधारणा र विकास, महङ्खव र उद्देश्य, व्यक्तिगत घटना दर्ता प्रक्रिया र आवश्यक कागजपत्रहरु, घटना दर्ता गर्ने कर्तव्य भएको व्यक्तिको बारेमा जानकारी, सूचकले भर्नुपर्ने अनुसूचिका बारेमा जानकारी, घटना विवरण सच्याउने आवश्यक कागजपत्र र तरिका तथा न्यायिक समितिमा उजुरी दिने प्रक्रिया तथा न्याय सम्पादनका विषयमा जानकारी प्रदान गरिएको थियो । तालिमको प्रशिक्षकमा प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, मस्तवीर चौधरी, ध्रुब अधिकारी, देवबहादुर डाँगी, हिरा चौधरी, नरेन्द्रराज शर्मालगायत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *