विश्व भोकमरी सूचकांंकमा नेपाल ७२औं स्थानमा

मुख्य खबर

काठमाडौँ, १२ कात्तिक । नेपालको भोकमरी सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ । विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२औं स्थानमा छ । विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्र्डवाइडले विश्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८ सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार दक्षिण एसियामा सबैभन्दा अब्बल स्थान श्रीलंका छ । यसअघिका वर्षमा भने नेपालको स्थान सबैभन्दा सुधारको अवस्थामा रहेको छ । यो वर्ष श्रीलंका ६७ औं स्थानमा छ । नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतिवेदनअनुसार भारत १०३ स्थानमा छ भने बंगलादेश ८६ औं र पाकिस्तान १०६ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *