विरोध गर्दै कांग्रेस सडकमा

फिचर मुख्य खबर

तुलसीपुर, २० साउन । नेपाली कांग्रेसले सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको आरोप लगाउँदै तुलसीपुरमा प्रदर्शन गरेको छ । शान्ति सुरक्षा कायम गर्न नसक्नु, भ्रष्टाचार मौलाउनुले सरकारले सुशासन प्रवद्र्धन गर्न कमजोर भएको कांग्रेसको आरोप छ । विरोधसँगै नगरप्रमुख विरुद्ध नाराबाजीसमेत गरिएको छ ।
तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेलाई नेपाली कांग्रेसले टुरिष्ट मेयरको संज्ञा दिदै नाराबाजी गरेको छ । उपमहानगरको गतिविधिभन्दा बढी समय विदेश र राजधानी केन्द्रित भएको आरोप लगाउँदै नेपाली कांग्रेस तुलसीपुर नगर कमिटीको आयोजनामा विरोध ¥याली निकाल्दै उपमहानगरको प्राङ्गणमै मेयरविरुद्ध मुर्दावादको नारा लागेको हो ।
उपमहानगरपालिकाभित्र नै मेयरविरुद्ध मुर्दावादको नारा लागेपछि अवस्थालाई साम्य पार्न धौ धौ भएको थियो । हिजोआज पनि नगरप्रमुख भारत भ्रमणमा छन् ।
रामदेव बाबालाई भेट्न दलबलसहित नगरप्रमुख भारतमा सयर गरिरहेको र नगरको पैसा फजुलमा खर्च भएको आरोपसमेत कांग्रेस कार्यकर्ताहरुले लगाए ।
टुरिष्ट मेयर मुर्दावाद, उपमहानगरभित्र सुशासन कायम गर, विदेश सयर हैन नगरको विकासमा ध्यान देऊ भन्दै काँग्रेस कार्यकर्ताले बजार परिक्रम गर्दै उपमहानगरमा पुगेर नाराबाजी गरेका थिए । पूर्व सांसद गेहेन्द्र गिरीको अगुवाईमा विरोध कार्यक्रम भएको हो ।
पूर्व सांसद गिरीले सरकारले सुशासन प्रबद्र्धन गर्न नसकेको आरोप लगाए । स्थानीय सरकारको गठन भएको दुई वर्ष वितिसक्दासमेत तुलसीपुर बजारको मुख्य सडकमा विग्रिएको सडक बत्ती बनाउन कुनै चासो नदिएको,
सिसी क्यामरा बिग्रेको लामो समय बितिसक्दा समेत त्यो मर्मत गर्न समेत चासो नदिएको भन्दै तुलसीपुर स्मार्ट सिटी नभई अस्तव्यस्त सिटी भन्नु उचित हुने नेता गिरीले तर्क गरे ।
कोण सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेस दाङका पूर्व सचिव शंकर गिरीले स्थानीय सरकार गठन भएपछि जनताले आफ्नै सरकारबाट सेवा सुविधाको विस्तार, शान्ति सुरक्षा, महंगी नियन्त्रण, कृषिका लागि सिंचाई कुलो, मल, बीउबिजनको सहज उपलब्धताको अपेक्षा गरे पनि सरकारले त्यो कुनैपनि कुरा दिन नसक्दा निकम्मा सावित भएको बताए ।
नेपाली कांग्रेस तुलसीपुर नगर कमिटीको आयोजनमा गरिएको प्रदर्शनले बजारका विभिन्न टोलको परिक्रममा पछि तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
उपप्रमुख माया आचार्यलाई विभिन्न मागसहितको १२ बुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाएपछि विपी चोकमा कोणसभाको आयोजना गरिएको थियो ।
नगर कमिटीका कार्यबाहक सभापति भीमप्रकाश भण्डारीको अध्यक्षतामा भएको कोणसभामा पूर्व सांसद गेहेन्द्र गिरी, कांग्रेस नेताहरु खिमप्रसाद खराल, शंकर गिरी, केशव आचार्य र नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्तीले भ्रष्टाचार नियन्त्रण गर्न,
किसानलाई समयमै मल, बीउ उपलब्ध गराउन, प्यान नम्वर लिने तत्कालको ब्यवस्था खारेज गर्न, महङ्गी नियन्त्रण गर्न र सुशासन प्रवद्र्धन गर्न माग गरे । कोण सभा कार्यक्रमको सहजीकरण नेपाल तरुण दलका सचिव धु्रब आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *