विरुवा रोप्ने रुख जोगाउने अभियानमा कांग्रेस

फिचर मुख्य खबर

तुलसीपुर, ७ साउन । नेपाली कांग्रेस दाङले विरुवा रोप्ने र रुख जोगाउने अभियानमा लागेको छ । मासिदै गएको वन जंगलका कारण वातावरणीय असर परेको भन्दै कांग्रेसले वृक्षारोपन अभियानलाई निरन्तरता दिएको छ । कांग्रेस दाङले सोमबार विपी स्मृति दिवसको अवसरमा दाङको शान्तिनगरको पातेटाकुरमा करिव चार सय विरुवा रोपेको छ ।
कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको संयोजकत्वमा जिल्लास्तरका विभिन्न तहका नेतृत्व, क्षेत्रीय सभापति, कार्यकर्तालगायतको उपस्थितिमा करिव चारसय विरुवा रोपेको कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए ।
वातावरण संरक्षणका लागि कांग्रेसले वृक्षारोपण अभियानलाई तिब्रता दिएको छ । सोमबार पनि खाली जमिनमा चार सय बिरुवा रोपेका छौँ, विरुवा रोप्ने मात्र नभई संरक्षणलाई पनि हामीले ध्यान दिएका छौँ, स्थानीय युवालाई संरक्षणको जिम्मेवारी दिएका छौँ’ खड्काले भने ‘कांग्रेसले हरेक वर्ष विभिन्न ठाउँमा वृक्षारोपण कार्यलाई निरन्तरता दिने गरेको छ ।’
कार्यक्रममा सभापति कीर्तिबहादुर खड्काले खाली रहेका जग्गामा वृक्षारोपण गरी वातावरणीय संरक्षणमा सबैले ध्यान दिन आवश्यक रहेको बताए । ‘जनसंख्या बढ्दै छ, जमिन मासिदै छ, भएका रुखहरु पनि मासिदै छन् तर वृक्षारोपण खासै भएको पाइदैन्,
अब हरेक वर्ष बिरुवा रोपेर वातावरण संरक्षणमा सबै जुटौँ’ उनले भने ‘अब खालि जमिन हरियाली बनाउनु छ, सबैले वातावरणीय संरक्षणमा ध्यान दिउँ ।’
पातेटाकुराको खाली ठाउँमा वृक्षारोपण भएपछि स्थानीय पनि खुशी भएका छन् । कांग्रेसले आफ्नो चुनाव चिन्ह अनुसार नै रुख विरुवा संरक्षणमा लागेको स्थानीयले बताए ।
दाङमा विभिन्न संघसंस्था तथा सरकारी कार्यालयले पनि यसवर्ष वृक्षारोपण कार्यलाई तिब्रता दिएका छन् । बगर बन्दै गएका खोलाका किनारदेखि नाङ्गिदै गएका डाँडाहरुमा सरकारी तथा गैरसरकारी कार्यालयले वृक्षारोपण गरेका छन् ।
सरकारीस्तरबाट वृक्षारोपण कार्यलाई तिब्रता दिएपछि वातावरणीय संरक्षण हुने आशा पलाएको छ । वनक्षेत्र मासिदै गएको अवस्थामा जिल्ला वन कार्यालयले पनि अनुदानमा विरुवा उपलब्ध गराएको छ भने स्थानीय सरकारले वनको संरक्षणमा चासो देखाएका छन् ।
सोमबार मात्रै घोराही उपमहानगरपालिका वडा नम्बर ५ को खैरा कचिला सामुदायिक वन उपभोक्ता समूह क्षेत्रको १५ बिगाहमा १५ हजार विरुवा रोपिएको छ । डिभिजन वन कार्यालय घोराहीको साढे ८ लाख रुपैयाँको लागतमा तारवारसहित वृक्षारोपण गरिएको हो ।

राप्ती बबई परिसरमा वृक्षारोपण

दाङमा वर्षात शुरुवात भएसँगै विभिन्न ठाउँमा वृक्षारोपण कार्य भइरहेको छ । वातावरण संरक्षण गर्न खाली रहेका ठाउँलाई वृक्षारोपणको कार्य चलिरहेको समयमा ३७औँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सघं राप्ती बबई क्याम्पस तुलसीपुरले पनि वृक्षारोपण गरेको छ ।
मगंलबार तुलसीपुरस्थित राप्ती बबई क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गरी नेविसंघले वृक्षारोपण गरेको हो । उक्त अवसरमा क्याम्पस हाताभित्र करिब ५० बढी अमला र टिकका विरुवा रोपिएको हो ।
नेविसंघ राप्ती बबई क्याम्पसका इकाई सभापति बसन्त बस्नेतको अध्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले विपीको विचार र सिद्धान्तले नै अहिलेसम्म देशमा नेपाली कांग्रेस जीवित रहेको बताए । उनले विपीले महामानवभित्र लेखेका कुरा पढ्न नेविसंघका विद्यार्थीलाई आग्रह पनि गरे ।
युवाहरु देशका परिवर्तनका बाहक भएको बताउँदै प्रमुख अतिथि खड्काले अहिलेका युवा पिढीले सत्य र निष्ठालाई बुझ्न जरुरी रहेको धारणा व्यक्त गरे । उनले विपीले देखाएको बाटोमा हिड्न विद्यार्थीलाई आग्रहसमेत गरे ।
यसैगरी पूर्व सासंद गेहेन्द्र गिरीले सगंठनलाई बलियो बनाउनका लागि सबै एक भएर लाग्नुपर्ने बताए । वृक्षारोपण कार्यक्रममा निवर्तमान पार्टी सभापति घनश्याम रेग्मी, नेपाली कांग्रेसका महासमिति सदस्य केशवराज आचार्य, राप्ती बबई निवर्तमान क्याम्पसका स्ववियु सभापति अनिल कार्कीलगायतले मन्तव्य व्यक्त गरे ।
नेविसंघ राप्ती बबई क्याम्पसका सहसचिव सुशील वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रोहित देवकोटाले गरेका थिए । नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पसले हरेक वर्ष विपीको सम्झनामा वृक्षारोपण कार्यक्रम गर्दै आएको जनाएको छ ।

विपी स्मृति दिवस वृक्षारोपण

यसैबीच विपी विचार राष्ट्रिय समाज दाङले विपी स्मृति दिवस वृक्षारोपण गरी मनाएको छ । विपी कोइरालाको ३७औँ स्मृतिका अवसरमा विपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ६ लखवारको पिपल चौतरीमा एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण गरेर विपीलाई सम्झिएको हो । समाजका जिल्ला कार्यसमिति अध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न जातका विरुवा रोपिएको छ ।
वृक्षारोपण हुनुभन्दा अघि नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले विपीको व्यक्तित्व र उनका आदर्श तथा सिद्धान्तको बारेमा चर्चा गरेका थिए ।
विपीले प्रतिपादन गरेका कतिपय नीति र सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले उनका विचारहरु अनुशरण गरेर अघि बढेमा विपी प्रति सच्चा सम्मान हुने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति भूपबहादुर डाँगी, घोराही उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष रेवबहादुर बुढाथोकी, महिला संघकी सभापति गोमा रावतले शुभकामना मन्तव्य राखेका थिए ।
वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस सचिव शंकर प्रसाद डाँगी, क्षेत्र नं. ३ का उपसभापति भगतसिंह भण्डारी, सचिवहरु बद्रि खड्का, कमल गौतम, दलित संघका अध्यक्ष बाबुराम विक, वडा नं. १५ नेपाली कांग्रेसका वडा सचिव सुशील देवकोटा, महिला संघ सहसचिव मञ्जु वज्रचार्य,
किसान संघ क्षेत्र नं. ४ सभापति गणेश कुमार चौधरी, नेपाल किसान संघका केन्द्रीय रेखबहादुर वलीको उपस्थित रहेको थियो । उपसभापति कृष्णबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण रुपलाल बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *