विमान दुर्घटनामा दुई पाइलटको मृत्यु

फिचर मुख्य खबर समाज

सुर्खेत, २ जेठ ।
बुधबार बिहान हुम्लाका लागि उडेको मकालु एयरको विमान हुम्लाको खार्पूनाथ गाउँपालिका–२ को राया र थाली भन्ने ठाउँको बीचमा रहेको लामा डाँडामाथिको बाहुन खर्कमा दुर्घटनाग्रस्त भएको छ । बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज बाजुराको क्षेत्रबाट सम्पर्कबिहीन भएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिएसपी बीरबहादुर वलीका अनुसार विमान १० बजेर २५ मिनेटमा बाहुन खर्कमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी विमानमा सवार दुबै चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पाइलट किरण भट्टराई र आदित्य नेपाली दुबैको घटनास्थलमै शव फेला परेको छ । मकालु र माउन्टेन एयरको दुईवटा हेलिकोप्टरको खोजीका क्रममा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *