विभेद अन्त्य गर्न सबै लाग्नु पर्ने

मुख्य खबर समाज

तुलसीपुर, २५ फागुन । महिला विभेद गर्नेलाई विभिन्न सेवा सुविधा वञ्चित गर्नुपर्ने एक कार्यक्रमका सहभागी महिलाहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शान्तिनगर गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा रगैजामा भएको कार्यक्रममा सहभागी महिलाहरूले यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै महिलाहरूले महिलाको नाममा हुने विभिन्न विभेद अन्त्य गर्न स्थानीय सरकार लाग्नु पर्ने बताएका थिए ।
वडा सदस्य लक्ष्मीप्यारी चौधरीको अध्यक्षता एवं वडा अध्यक्ष गिरिराज बस्नेतको प्रमुख आतिथ्यता तथा वडा नम्बर ७ का अध्यक्ष पिमलाल वलीको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा महिलालाई विभेद गर्नेलाई स्थानीय तहबाट हुने विभिन्न सेवा सुविधाबाट वञ्चित गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा जनप्रतिनिधहरुले महिला हिंसा अन्त्य गर्न आफूहरू लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अथितिको आसनमा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेतले आफ्नो वडाका महिलाहरुलाई अधिकार दिलाउन अगाडि बढ्ने बताए । महिला सशक्तिकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम र सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । विशिष्ठ अतिथि वडा नम्बर ७ का अध्यक्ष पिमलाल वलीले महिला हिंसा हुन नदिन सबै हुनुपर्ने बताए ।
कार्यक्रममा स्वर्गीय सांसद उत्तर कुमार ओलीकी धर्मपत्नी विमला वलिले आफ्नो श्रीमान् ओलीको सपना साकार पार्ने बताइन् । कार्यक्रममा शान्तिनगर महिला सञ्जालका संयोजक राधिका परियार, वडा सदस्य महिमी विक, डिल्ली खड्का, लिला अधिकारी, दंगीशरण गाउँपालिका वडा नम्बर ७ सदस्य ममता परियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महिलाहरू अगाडि बढ्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । महिलाहरू चुलो चौकोमा सीमित नभएर आफ्नो अधिकारका लागि सशक्त भएर अगाडि बढ्नु पर्ने बताए । सीता चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण चित्रा वलीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *