विभिन्न घटनामा तीनको मृत्यु

मुख्य खबर समाज

रोल्पा, १७ साउन  ।
रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बालुवा र सिमेन्ट बोकेको रा १ त १५०७ नम्बरको ट्याक्टर बुधबार राति दुर्घटना हुँदा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ टिक्रापातुका २७ बर्षका चालक आशाराम चौधरी, सहचालक गंगादेव गाउँपालिका वडा नम्बर १ का १८ बर्षका डम्बर बहादुर वलीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटना भए लगत्तै ईलाका प्रहरी कार्यलय घर्तीगाउँ रोल्पाका प्रहरी निरिक्षक राजकुमार पहाडी सहित ११ जनाको टोली घटनास्थलमा गई मृतकको शव निकालिएको थियो । ट्याक्टर कच्ची सडकबाट पाँच मिटर तल खसेको थियो । ट्याक्टर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । पश्चिम रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँदेखि ओत जाँदै गरेको ट्याक्टर माडी गाउँपालिका–१ भित्तावाङमा भिरालो बाटोका कारण अनियन्त्रित भई पल्टिएको हो । यसैबीच दाङमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ मनिकापुर निवासी ४ बर्षीय बालक रिदम कँवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बुधवार बेलुकी ९ बजेतिर शौच गर्न बाहिर आमासँगै आएका रिदमलाई सर्पले दाहिने खुट्टाको औलामा टोकेको थियो । सर्पले टोके लगत्तै उपचारका लागि अञ्चल अस्पताल तुलसीपुर ल्याए पनि अञ्चल अस्पतालले उपचार गर्न नसक्ने बताएपछि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज पुगे लगत्तै बालकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *