विप्लवलाई सरकारको प्रतिवन्ध

मुख्य खबर राजनीति

काठमाडौँ, २९ फागुन । सरकारले विप्लव नेतृत्वको नेकपा अपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्व नेकपालाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । अपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।
मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्व नेकपाको नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको छ । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लवका पछिल्ला गतिविधि, एनसेललगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकबारे व्रिफिङ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *