‘विप्लव’का दस्तावेज सुक्ष्मरूपमा केलाउँदै प्रहरी

फिचर मुख्य खबर राजनीति

दाङ, ५ कार्तिक । दाङ प्रहरीले विप्लवका नेता कार्यकर्ताबाट बरामद भएका राजनीतिक दस्तावेजहरू सुक्ष्मरूपमा केलाउन सुरू गरेको छ । अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान थालेको प्रहरी अहिले दस्तावेज केन्द्रित भएको देखिन्छ ।
दाङमा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका उच्चस्तरका नेताहरू प्रहरी समक्ष बोल्न इन्कार गरेपछि प्रहरीले उनीहरूसँग बरामद गरेका दस्तावेज र अन्य लिखित काजगहरू सुक्ष्मरूपमा केलाउन लागेको हो ।
दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले अहिले बरामद भएका दस्तावेजहरू सुक्ष्मरूपमा अध्ययन गरिरहेको बताए । ‘हामी अहिले दस्तावेजहरू गहनरूपमा अध्ययन गरिरहेका छौं’ उनीहरूको आन्तरिक योजनाहरू पनि यही दस्तावेजले खोलिरहेको छ ।
उनीहरू प्रहरीको बयानमा प्रष्टरूपमा खुल्न नै नचाहने गरेको प्रहरीले जनाएको छ । राप्ती ब्यूरोलाई शुन्य पार्दै पश्चिम कमाण्डरसहित पक्राउ परेका २१ जनाले प्रहरीसँगको बयानमा बोल्न नमानेका हुन् ।
दाङ प्रहरीले पक्राउ परेका विप्लव नेताहरू बोल्न नै नमान्ने र प्रहरीको प्रश्नको समेत उत्तरमा मौन बस्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहले बताए । हामीले बुझ्न खोज्दा उनीहरू कुनै पनि हालतले बोल्दैनन्, डिएसपी शाहीले भने, हामीलाई केही था’छैन सबै डायरी र दस्तावेजमा छ ।’ त्यही हेनुहोस् भनेर जवाफ फर्काउँछन् ।’ उनीहरू प्रष्टसँग नबोल्दा अनुसन्धानमा समेत समस्या भइरहेको प्रहरीको भनाई छ ।
‘यद्यपि आफ्नो नामसमेत एक दिनभरि झुठो बताए’, उनले भने ‘अहिले दस्तावेज र डायरीबाट नै सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ दस्ताबेजमा समेत कसैले पनि केही कुरा नखोल्ने र खोलिएका कारवाहीको दायरासमेत तोकेकाले उनीहरू बोल्न नमानेको प्रहरीले अनुमान गरेको छ ।

संविधानमा पनि नबोल्न पाउने अधिकार भएकाले बोलाउन झनै समस्या छ । ठूलो शक्ति नियन्त्रणमा परेका कारण पनि अहिले विप्लव नेतृत्वको नेकपा राप्तीमा शक्तिहीन अवस्थामा पुगेको अड्कल दाङ प्रहरीले गरेको छ ।

यद्यपि संविधानमा पनि नबोल्न पाउने अधिकार भएकाले बोलाउन झनै समस्या छ । ठूलो शक्ति नियन्त्रणमा परेका कारण पनि अहिले विप्लव नेतृत्वको नेकपा राप्तीमा शक्तिहीन अवस्थामा पुगेको अड्कल दाङ प्रहरीले गरेको छ ।
दस्तावेजमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा जुटेको खुलेको छ । प्रहरीले दाङमा बरामद गरेको महत्वपूर्ण निर्णय र दस्तावेजहरूमा सैन्य संरचनाको तयारी भएका निर्णयहरू भेटिएपछि सेना निर्माणको रहस्य खुलेको हो ।
पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने र त्यसको लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भेटिएको छ, दाङ प्रहरी प्रवक्ता तथा डिएसपी शाहले भने, ‘प्लाटुनसम्मका सैन्य संरचना बनाउने खाका रहेछ ।
सैन्य तालिम र प्रशिक्षणका लागि २१ जना पक्राउ परेको राजपुर क्षेत्रलाई प्रयोग गर्ने योजना पनि भेटियो’ उनले भने, ‘खासगरेर प्रतिरक्षाका लागि यो संरचना तयार गर्दै रहेछन् ।’


एक करोड चन्दा संकलन

विप्लव नेतृत्वको नेकपाले साविकको राप्ती अञ्चलका पाँच जिल्लाहरूबाट झण्डै एक करोड रूपैयाँभन्दा बढी चन्दा उठाएको भेटिएको छ । असोज ३० गते बिहान १ बजे राजपुर गाउँपालिकाको वडा नं.४ मगराईना गाउँबाट २१ जना नेतासहित बरामद गरिएको राजनीतिक दस्तावेजमा चन्दा संकलनबाट एक करोड रूपैयाँभन्दा बढी संकलन भएको र त्यो रकम पार्टीका इभेन्ट र व्यवस्थापनको लागि खर्च भएको उल्लेख भएको भेटिएको प्रहरी प्रवक्ता शाहले बताए ।
‘एक करोडभन्दा बढी रकम चन्दा संकलन गरेर खर्च गरेको दस्तावेज बरामद भएको छ, शाहले भने, चन्दा दिनेमा जनप्रतिनिधि, व्यापारी, उद्योगीहरू देखिएका छन । को–को बाट कति–कति चन्दा उठाए र अब को–कोसँग चन्दा उठाउने तयारी छ भन्नेसम्म भेटिएको छ ।
‘प्रहरीले उनीहरूका भावी योजनाका महत्वपूर्ण दस्तावेजहरू पनि बरामद गर्न सफल भएको छ, प्रवक्ता शाहले भने ‘उद्योगी, व्यापारीले मात्रै हैन, जनप्रतिनिधिले समेत विप्लवलाई चन्दा सहयोग गरेको देखिन आएको छ । विप्लवले राप्तीका साविक राप्तीका पाँच जिल्लामध्ये सबैभन्दा बढी चन्दा दाङबाटै उठाएको देखिएको छ ।
बरामद कागजी दस्तावेजमा जनवर्गीय संगठनहरू विस्तार, राजनीतिक प्रशिक्षकण, सैन्य प्रशिक्षण चलाउने, एक घर एक पार्टी सदस्य बनाउने, सैन्य संगठन बलियो बनाउन तालिमहरू सञ्चालन गर्ने र चन्दा अभियानलाई थप तीव्र पार्ने निर्णयगत तथ्यहरू प्रहरीले फेला पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *