- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरविपी चोकमा पूर्णकदको शालिक

विपी चोकमा पूर्णकदको शालिक

- Advertisement -spot_img

तुलसीपुर, २४ भदौ । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रशाद कोईरालाका दुईवटा सालिकहरु स्थापना गरिएको छ । वीपीको १०६औं जन्मजयन्तीको पूर्वसन्ध्यामा सोमबार दाङका प्रमुख सहरहरु तुलसीपुर र घोराहीमा सालिकहरु स्थापना गरिएको हो ।
तुलसीपुर र घोराहीमा सोमबार स्थापना गरिएका दुबै सालिक पूर्णकदका रहेका छन् । सालिकहरुको अनावरण गर्न पार्टी सभापति शेरबहादुर देउवा दाङ आउन लागेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।
‘पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भदौ २७ गते घोराहीमा वीपीको सालिक अनावरण गरेर दोस्रो दिन भदौ २८ गते तुलसीपुरमा वीपीको सालिक अनावरण गर्ने कार्यक्रम तय भएको छ’ उनले भने ।
तुलसीपुरमा यसअघि अर्धकदको सालिक थियो । त्यो हटाएर पूर्णकदको सालिक स्थापना गरिएको छ । तर घोराहीमा भने नयाँ सालिक स्थपाना गरिएको सभापति खड्काले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here