विपन्न परिवारलाई सोलार सेट

मुख्य खबर समाज

असोज १ सल्यान । सुर्खेतको सिम्ता गाउँपालिका वडा ६ मा विपन्नता परिवारलाई सोलार सेट वितरण गरेको छ  । अति विपन्न घर परिवारको एकीन गरी वडाले सोलार वितरण गरेको वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र सिहले बताएका छन् ।
६ नम्बर वडा निवासी सीता वादी, कविता महर, तारा कामी, गृम बहादुर विक, लिलमा वादी, हिमबहादुर बुढा र गोमादेवी वादी गरि १६ जनालाई मंगलबार एक कार्यक्रमका बीच ५१ वाटको सोलार वितरण गरिएको छ ।
वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सिम्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर हमाल, अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा सोलार वितरण कार्यक्रम आयोजना गरिएको अध्यक्ष सिंहले जानकारी दिएका छन् ।
त्यसैगरी गरिबीको रेखामुनि रहेका अति विपन्नता परिवारको नामाङ्कन तथा रेखाङ्कन गरी गाउँपालिकाका प्रत्येक वडामा १० सेटका दरले ९६ सोलार सेट वितरण भएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए ।
सिम्तामा गरिबीको रेखामुनि रहेका नागरिकलाई जीवन पद्धति परिवर्तन गरी माथि उठाउने गाउँपालिकाको प्रमुख लक्ष्य अनुरुप यो काम गरिएको अध्यक्ष केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *