विपन्नलाई १ लाख २५ हजार शैक्षिक छात्रवृत्ति

फिचर मुख्य खबर समाज

तुलसीपुर, ३१ साउन । विभिन्न कारागारमा कैदीबन्दी जीवन बिताइरहेका विपन्न कैदीबन्दीका छोराछोरीलाई विद्यालय शिक्षामा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको छ ।
रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरका पीडित सेवा संघले नियमित प्रदान गर्दै आएको छात्रवृत्ति बिहीबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरेको हो ।
विभिन्न कारागारमा कैदीबन्दीको जीवन विताईरहेका कैदीबन्दीका ३६ जना छोराछोरीलाई पीडित सेवा संघले त्रैमासिक छात्रवृत्ति प्रदान गर्दै आएकोमा यस वर्ष १९ जना थप गरी ५५ जनालाई दिन थालिएको हो ।
संघका जिल्ला संयोजक टोपबहादुर महतराले तीन महिनाको एकजनालाई तीन/तीन हजार रुपैयाँको दरले छात्रवृत्ति वितरण गरेको बताए । दाङ, सल्यान, रुकुम र रोल्पा कारागारमा कैदीबन्दी जीवन बिताईरहेका विपन्न कैदीबन्दीका ५५ जना छोराछोरीलाई विद्यालय शिक्षाका लागि सहगोग पु¥याउने उद्देश्यले नगर शिक्षा छात्रवृत्ति सहयोग गरिएको उनले बताए ।
३६ जानलाई गर्दै आएको सहयोग यो वर्षदेखि ५५ जनालाई पु¥याएको बताए । बिहिबार ५५ जनालाई एक लाख २५ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ । त्यसमा प्रभा चौधरीलाई कुपोषण भएका कारण तीन महिनासम्म उपचारसमेत गरिने महतराले बताए ।
उपचारका लागि थप ५ हजार लाग्ने भएको छ । अभिभावकको अभावमा बालबालिकाहरु शिक्षाबाट बञ्चित हुने अवस्था नआवस् भनेर सात वर्ष अघि देखि शैक्षिक सहयोग गर्दै आएको संयोजक महतराले बताए ।
उनले पढाइ र खर्चका लागि एकजनालाई वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति, शैक्षिक, सरसफाई सामाग्री र ड्रेस तथा कपडाहरु सहयोग गर्दै आएको जानकारी दिए ।
उनले कैदीबन्दीका बालबालिकालाई शिक्षाका लागि आवश्यक खर्चको अभाव नहोस् भनेर सहयोगलाई निरन्तरता दिइरहेको बताए । सात वर्ष अघि सातजनाबाट सुरु गरेको सहयोग कार्यक्रम अहिले ५५ जना बालबालिकामा पुगेको महतराको भनाई छ ।
बालबालिकाका अभिभावकहरुले पनि सहयोगले परिवारमा खुशी ल्याएको बताएका छन् । अभिभावक विद्या शाहले श्रीमान जेलमा रहेको र छोराछोरीलाई पढाउन समस्या भएका बेला नियमित भएको छात्रवृत्ति सहयोगले बोर्डिङ स्कुलमा पढाउन सफल भएको बताइन् ।
उनले पढ्नलाई शिक्षण सामाग्री र छात्रवृत्ति दिदा घरपरिवारमा समेत सहज बनाएको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *