विपद् सर्तकतामा चासो

सम्पादकीय

यस वर्ष ढिलो गरी मनसुन सुरु भएको छ । असार १५ पछि मात्रै बर्षाले सुरुवात गरेपछि त्यहि अनुसारको उपयोगिता र सहजका अहिले भइरहेको देखिन्छ । दाङ विपद्का उच्च जोखिममा रहेको क्षेत्र हो । विशेषगरेर बाढी पहिरो यहाँको प्रमुख विपद् हो ।
त्यसलाई ध्यान दिएर विपद् सर्तकता अनपाउनु सबैको चलाखी गर्न सक्नुपर्छ । विपद्मा सबैले सर्तकता अपनाउनुपर्छ । सबै यसमा सजह पनि हुन जरुरी छ । मौसम अनुसारका विपद्को जानकारी र ज्ञान हुनु पनि महत्वपूर्ण मानिन्छ ।
विपद् रोकेर रोक्न नसकिने हुँदा त्यसप्रतिको सजकता र सर्तकता नै उत्तम हुन्छ । विपद्लाई पूर्णरूपमा रोक्न सकिदैन तर सर्तकता अननाउने हो भने त्यसबाट बच्न र सुरक्षित हुन भने पक्कै पनि सकिन्छ ।
विपद् जुनकुनै बेला पनि आउन सक्छ । आवश्यकता सर्तक नै प्रमुख रहन्छ । विपदसँग जुध्नुभन्दा विपद्पूर्ण तयारी र सर्तकता नै आवश्यक हुन्छ ।
विपद्को सम्भावित क्षेत्र र स्थानमा बढी सजक हुने र अन्य क्षेत्रले पनि त्यसलाई गम्भीर रूपमा लिन सक्ने हो भने विपद्लाई सहजै पाखा लगाउन सकिन्छ । विपद्लाई यसरी नै रोक्न सकिन्छ भन्ने छैन ।
प्राकृतिक प्रकोप भएकाले यसलाई रोकथामले महत्व राख्दैन । तर विपद् पूर्वतयारी र सजकता अपनाउन सकियो भने यसबाट टाढा रहन सकिन्छ ।
विपद् पूर्वतयारी गरेका कमभन्दा कम क्षति हुने हुँदा विपद्मा लापरबाही हैन सजकता अपनाएर गतिविधिहरुलाई अगाडी बढाउन सक्नुपर्छ । मानवीय, भौतिक क्षति कम गर्न विपद् पूर्वतयारी गर्न सक्ने हो भने विपद्ले निम्त्याउने असर कम हुन्छ ।
विपद्लाई व्यहोर्नु नै पर्छ, तर त्यसलाई व्यवस्थापन गर्ने उचित उपाय अवलम्बन समयमै गर्न सकिएमा विगतको जस्तो क्षति पुग्नबाट जोगाउन भने अवश्य सकिन्छ ।
जोखिमको व्यवस्थापन गर्ने र त्यसको न्यूनीकरण गर्ने दायित्व हामी सबैले आफ्नो क्षेत्रबाट निभाउनु पर्छ । तर हामी जिम्मेवारी अर्काेलाई पन्छाएर आफू चोखो बन्ने प्रयास गर्दछौं त्यसो गर्नाले आफूलाई पनि असहज बनाउन सक्छ ।
विपद्को क्षतिलाई आँकलन गरेर सम्बन्धित सरोकारवाला निकायले बेलैमा चासो दिनुपर्छ । सम्बन्धित निकायहरुले चासो दिएमा ठूलो क्षति र जोखिमबाट बच्न सकिन्छ । विपद् ब्यवस्थापन र पूर्ण तयारीको बारेमा स्थानीय सरकार अझ बढी जिम्मेवार भएर लाग्नु पर्ने देखिएको छ ।
केही प्रयासहरु जिल्लामा भएको भए पनि त्यसको दीर्घकालिन सोच भने देखिएको छैन । त्यो अवस्थामा स्थानीय सरकार जान सक्नुपर्छ । दाङका १० वटा स्थानीय तहहरुमध्ये केहिले मात्रै विपद्को पूर्वतयारी र विपद्को मूल्यांकन गरेको देखिन्छ । यसमा सबैको चासो हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *