- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरविपद् जोखिम व्यवस्थापनमा अपाङ्गता भएका व्यक्ति

विपद् जोखिम व्यवस्थापनमा अपाङ्गता भएका व्यक्ति

- Advertisement -spot_img

विवेक खड्का

अपाङ्गता भएका व्यक्तिहरु कुनै पनि प्राकृतिक वा मानव निर्मित विपद् वा जोखिमबाट सुरक्षित हुनु पाउनुपर्छ । यसका लागि आवश्यक सहायक सामग्रीको व्यवस्था एवं सुरक्षित स्थान अपाङ्गतामैत्री बनाइनुपर्छ । सहायक सामग्रीको व्यवस्था एवं सुरक्षित स्थान अपाङ्गतामैत्री बनेपछि उनीहरु सजिलैसँग सुरक्षित स्थानमा जान सक्छन् । विपद्को बेला अपाङ्गता भएका व्यक्तिहरु बढी जोखिममा पर्ने भएकाले नै अपाङ्गताको सवालमा चर्चा चल्न थालेको हो ।

विपद् जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका भौतिक पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा नहुँदा, पूर्व सूचना प्रणालीमा प्राप्त जानकारीहरु अपाङ्गता भएका व्यक्तिहरुले सुन्ने, हेर्ने, बुभ्mन सक्ने अवस्थामा नहुँदा उनीहरु झन बढी जोखिममा पर्ने गर्छन् । अर्को पक्ष भनेको सरकारीस्तरबाट बनेका नीति, निर्देशिका तथा ऐनहरु कार्यान्वयन नहुँदा पनि उनीहरु बढी जोखिममा पर्ने गरेको पाइन्छ ।


दाङमा विपद् जोखिम व्यवस्थापनमा काम गर्ने अन्य संघ संस्थाहरुद्वारा सञ्चालित कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश नगराई पछि हेन्डिक्याप नेपालको साझेदारीमा अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च दाङले दाङको देउखुरी क्षेत्रमा विपद् जोखिम व्यवस्थापन कार्यक्रम शुरु गरेको छ । समुदायमा आधारित त्यो कार्यक्रमले गर्दा त्यसक्षेत्रमा विपद्मा अपनाउनु पर्ने सावधानीका विषयमा जागरुक भएको पाइन्छ । त्यहाँका नागरिकहरु अहिले विपद्का बारेमा जानकार रहेको पाइन्छ ।

विपद् व्यवस्थापनमा अपाङ्गता भएकाहरु नै किन ?

गरिबी, विपद् र अपाङ्गताको पूरक सम्बन्ध छ । यसकारण पनि अपाङ्गता भएका व्यक्तिहरु प्रायजसो सबैभन्दा गरिब समुदायमा पर्छन् र उनीहरु जेखिमयुक्त ठाउँमा बढी बसोबास गर्छन् । जसले गर्दा उनीहरु बढी जोखिममा पर्छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई विपद् पूर्व, विपद्को समय र विपद्पश्चात ध्यान दिइदैन । अपाङ्गतामैत्री भौतिक पूर्वाधार नहुनाका कारण पनि अपाङ्गता भएका व्यक्तिहरुको गतिशीलतासँग व्यक्तिहरुको तुलनामा कम हुन्छ । जसले गर्दा आपतकालीत अवस्थामा सुरक्षित स्थानमा उनीहरुको पहुँच कम हुन्छ ।
विपद् जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका भौतिक पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा नहुँदा, पूर्व सूचना प्रणालीमा प्राप्त जानकारीहरु अपाङ्गता भएका व्यक्तिहरुले सुन्ने, हेर्ने, बुभ्mन सक्ने अवस्थामा नहुँदा उनीहरु झन बढी जोखिममा पर्ने गर्छन् । अर्को पक्ष भनेको सरकारीस्तरबाट बनेका नीति, निर्देशिका तथा ऐनहरु कार्यान्वयन नहुँदा पनि उनीहरु बढी जोखिममा पर्ने गरेको पाइन्छ ।
नेपाल सरकारले २०६६ मा तयार पारेको विपद् जोखिम व्यवस्थापन निर्देशिकामा अपाङ्गता भएका व्यक्ति, महिला, दलित, बालबालिका, वृद्धवृद्धाहरुलाई अति संकटासन्न समूहमा राखेको छ । यो रणनीतिमा उनीहरुलाई विपद् खोजी न्यूनीकरणसम्बन्धी विशेष कार्यक्रमहरुको विकास गरी सञ्चालन गर्ने भन्ने छ । साथै अपाङ्गता भएका व्यक्तिहरुको महासन्धी, अन्तर्राष्ट्रिय महासन्धी २००६ ले पनि प्राकृतिक एवं मानव निर्मित जोखिमको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण र सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण आवश्यक उपाय अबलम्वन गर्ने व्यवस्था छ । यसरी हेर्दा विपद्ले थप अपाङ्गता सिर्जना गर्ने भएकाले अपाङ्गता भएका व्यक्तिहरुलाई विपद् जोखिम न्यूनीकरणमा समावेश गर्नुपर्ने आवश्यकता देखिएको हो ।

कसरी समावेश गर्ने ?

साङ्ग नागरिकभन्दा विभिन्न जीवनशैली व्यतित गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई विपद् जोखिम न्यूनीकरणमा समावेश गर्न उनीहरुले सुन्न, हेर्न र बुझ्न सक्ने अपाङ्गमैत्री पूर्व सूचना प्रणालीको विकास गर्ने, अपाङ्गता भएका व्यक्तिहरु र तिनका परिवारहरुलाई सहभागिताको लागि अनुकूल वातावरण सिर्जना गर्ने, सरकारी तथा गैरसरकारी तहबाट हुने प्रकोप जोखिम व्यवस्थापन कार्ययोजना रणनीति तथा पद्दतिहरु अपाङ्गता समावेशी गराउने, अपाङ्गता भएका व्यक्तिहरुको पहँुच हुने सुरक्षित स्थानको पहिचान गर्ने र भौतिक पूर्वाधारहरु पहुँचयोग्य बनाउने, अति आवश्यक सामग्रीको व्यवस्था, समुदायका सबै व्यक्तिहरु मिलेर विपद् पूर्वको तयारीसम्बन्धी छलफल तथा समन्वय गर्ने, सुरक्षित स्थानमा आवश्यक सामग्रीको व्यवस्थापन गर्नेजस्ता कामबाट उनीहरुको सहभागिता बढ्छ ।

हालसम्मका उपलब्धिहरु

हेन्डिक्याप नेपालसँगको साझेदारीमा अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च दाङले दाङको देउखुरी क्षेत्रका गोवरडिहा, बेला, सिसहनिया, चैलाही र सतबरिया गाविसमा विपद् जोखिम व्यवस्थापन सम्बन्धी काम ग¥यो । अपाङ्गता भएका व्यक्तिहरु विपद्बाट बढी प्रभावित हुने भएकाले यो वर्गलाई केन्द्रविन्दुमा राखी वर्षेनी डुबानमा पर्ने त्यस क्षेत्रमा कामको थालनी गरीयो । जसका कारणले त्यस क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, बृद्धबृद्धा, महिलालगायतका व्यक्तिहरु प्रत्यक्ष लाभाम्वित भएको पाइन्छ । देउखुरीका पाँच गाविसमा अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको प्रतिनिधित्वमा सामुदायिक विपद् जोखिम व्यवस्थापन समिति गठन गरी उनीहरुलाई विपद् जोखिम व्यवस्थापन तालिम प्रदान गरिएको छ । साथै विपद् पूर्व तथा विपद्को बेलामा गरिने क्रियाकलापको नमुना अध्याससमेत सबैको सहभागितामा गरिएको छ ।
यसरी हेर्दा हेन्डिक्याप नेपालसँगको साझेदारीमा अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्चले गरेको प्रयास महङ्खवपूर्ण छ । त्यस क्षेत्रका सबै तहका समुदायहरुमा त्यस विषयमा सचेत भएको पाइन्छ । खासगरी युवा समुदाय अझ बढी उत्साही भएको पाइन्छ । चैलाही गाविसस्थित बलरामपुरको खोलामा ढुङ्गा, गिट्टी, बालुवा निकासीमा त्यस क्षेत्रका युवाहरुले लगाएको रेक यसको महङ्खवपूर्ण उपलब्धि हो । विपद् व्यवस्थापनमा त्यहाँका युवाहरुले लिएको चासो महङ्खवपूर्ण उपलब्धि हो भन्न सकिन्छ । उनीहरुले खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने ठाउँबाट पानीको बहाफ आउने बलरामपुर गाउँलाई डुबानमा पार्ने भएकाले उनीहरुले त्यस क्षेत्रमा यस्तो कार्यमा रोक लगाएको देखिन्छ । साथै त्यस क्षेत्रमा निर्माण भएका अपाङ्गमैत्री भौतिक संरचना, बाढी मापन स्केलको स्थापना, मन्दिरलगायत सार्वजनिक स्थलहरुमा अपाङ्गमैत्री ¥याम्पको निर्माण तथा अपाङ्गता भएका व्यक्तिहरुको घर मर्मत यसका केही महङ्खवपूर्ण उपलब्धिहरु यसका उदाहरण हुन् । देउखुरी क्षेत्रमा भएका महङ्खवपूर्ण केही उपलब्धिहरुलाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छ ।
– विपद जोखिम व्यवस्थापन योजनामा अपाङ्गताका सवाललाई जिल्ला तथा  गाविसस्तरबाटै उल्लेख गर्दै समावेशी विपद् जोखिम व्यवस्थापन प्रक्रियाको शुरुवात,
– विपद् केहो ? विपद्बाट कस्ता असरहरु हुन्छन ? विपद् जोखिम व्यवस्थापन कसरी गर्न सकिन्छ ? भन्ने बारेमा अपाङ्गता भएका व्यक्तिहरुमा ज्ञान तथा सिपको अभिवृद्धि हुनु,
– समुदायका सबै तहका वर्गमा सचेतिकरण हुनु,

चुनौतिहरु

माथिका उपलब्धिहरुलाई कायम राख्न अहिलेको प्रमुख चुनौतिको विषय हो । पहिलो पटकको प्रयासले भएका उपलब्धिहरुलाई निरन्तरता दिन सकेको खण्डमा बाँकी समुदाय पनि यसमा समेटिन सक्छ र त्यो क्षेत्रमा सिमान्तकृत समुदाय खासगरी अपाङ्गता भएका व्यक्तिहरु थप संकटबाट मुक्त हुन सक्छन् । यसका लागि नीति निर्माणकर्ता, सेवा प्रदायक र सेवाग्राही सस्था तथा व्यक्तिहरु अग्रसर हुन जरुरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here